काठमाडौं/अष्ट्रेलिया –
अन्तर्राष्ट्रिय योग दिवस २०२५ विश्वभर लाखौं योगप्रेमीहरूले भव्यताका साथ मनाएका छन्। अष्ट्रेलियास्थित विश्व शान्ति अध्यात्म विज्ञान समाज (GSPSS) ले क्यानबेरा विश्वविद्यालय, भिक्टोरिया विश्वविद्यालय, महा योग ग्लोबल कलेज र अन्तर्राष्ट्रिय योग एलायन्स को सहकार्यमा ऐतिहासिक योग दिवस कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा योगी आचार्य राजन शर्माले अष्ट्रेलियाली तथा भारतीय मुलुकका नागरिकहरूलाई योग, ध्यान, आयुर्वेद र जीवनशैलीका विषयमा विशेष प्रशिक्षण दिनुभयो। उहाँले आधुनिक समाजमा योगलाई जीवनको अभिन्न अङ्ग बनाउनु पर्नेमा जोड दिनुभयो।
यसै अवसरमा GSPSS ले पशुपति परिसर, इजरायल, कतार, बेलायत, टीकापुर, पोखरा, र कागेश्वरी मनोहरा Butwala लगायतका स्थानहरूमा समेत विशेष योग तथा ध्यान कार्यक्रमहरू सञ्चालन गर्यो।
नेपाल सरकारद्वारा आयोजित राष्ट्रिय समारोहमा प्रधानमन्त्री KP Sharma OLi ‘को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा GSPSS अन्तर्गत बाल संस्कार योग शिविर का बालयोगीहरूले मन्त्र, मुद्रा र योगमार्फत अतिथिहरूको ध्यान आकर्षित गरे।
उक्त कार्यक्रममा योगी तारा निधि पन्तले आचार्य राजन शर्माद्वारा रचित “साधना संकल्प” को भावपूर्ण वाचन गर्नुभएको थियो। उहाँको स्वरमा प्रस्तुत सङ्कल्पले कार्यक्रमलाई आध्यात्मिक गम्भीरता प्रदान गरेको सहभागीहरूले अनुभव गरे।
उक्त संकल्प आचार्य शर्माका चर्चित कृतिहरू “योग दर्शन” र “प्राकृतिक चिकित्सा” मा समेत समावेश गरिएको छ।
पतञ्जलि, जीवन विज्ञान, मनोक्रान्ति, पतञ्जल योग समिति लगायत विभिन्न संस्थाहरूले देशभर विविध कार्यक्रमहरू प्रस्तुत गरेका छन्। नेपाललाई विश्व गुरु देश र योग–आयुर्वेद तथा अध्यात्म पर्यटनको गन्तव्य बनाउने महायोजनामा GSPSS ले अग्रसर भूमिका खेलेको छ।
विश्वका ७० भन्दा बढी राष्ट्रहरूमा सञ्चालित GSPSS अभियान अन्तर्गत योग तथा अध्यात्म कार्यक्रमहरूद्वारा लाखौं मानिसहरूलाई प्रत्यक्ष वा अनलाइनमार्फत लाभ पुर्याउँदै आएको GSPSS ले जनाएको छ।
अन्तर्राष्ट्रिय योग एलायन्ससँग आबद्ध ३–४ लाख प्रशिक्षकहरूको सञ्जालमा, योग र आयुर्वेद विषयमा निःशुल्क शिक्षा प्रदान गर्दै आएका आचार्य राजन शर्माले विश्वभर नेपाली योग, ध्यान र अध्यात्मलाई फैलाउने कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएको छ।
उहाँका शब्दमा:
ज्ञानकाण्ड अर्थात् योग–ध्यानलाई पनि दैनन्दिन जीवनको अभ्यास बनाउनु पर्छ। नेपाललाई योग–आयुर्वेद–अध्यात्मको गन्तव्य बनाउन सके हामी साँचो अर्थमा विश्व गुरु बन्न सक्छौं।~ Yoga Darshan tatha prakritk chikittsa pustak ,
Some Photo:
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()









