बाथर्स्टमा भव्य तीज २०२५, पाशुपतिन बौद्ध तपोधाममा विशेष कार्यक्रम सहित
Ausnepalnews ,बाथर्स्ट (अष्ट्रेलिया) – बाथर्स्टस्थित नेपाली समुदायले यस वर्षको तीज २०२५ लाई विशेष र ऐतिहासिक बनाउने तयारी पूरा गरेको छ। २२ अगस्ट २०२५, शुक्रबार, बाथर्स्टको Raglan Community Hall (44 Frome Street, Raglan) मा आयोजना हुने यस कार्यक्रममा नेपाली संस्कृति, परम्परा र समुदायको एकताको अद्भुत प्रदर्शन हुनेछ।
तीज दिन, पाशुपतिन बौद्ध तपोधाममा पनि तीजको अवसरमा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुनेछ, जहाँ समुदायको पूर्ण उपस्थिति रहनेछ। यस विशेष अवसरमा पूजा–अर्चना, भजन–कीर्तन, र तीजको धार्मिक महत्वबारे प्रवचन समेत हुनेछ।
मुख्य कार्यक्रम (Raglan Community Hall)
कार्यक्रम बेलुकी ३ बजे बाट सुरु भई रातभर उत्सवको माहोल चल्नेछ। सहभागीहरूले दुई पङ्क्तिको स्वादिष्ट डिनर, सफ्ट ड्रिङ्क्स, प्रत्यक्ष साँगीतिक प्रस्तुति, सांस्कृतिक नृत्य, र रमाइलो खेलकुद मार्फत मनोरञ्जनको भरपूर आनन्द लिन पाउनेछन्। कार्यक्रमका रमाइला क्षणहरूलाई Sujan Creation ले स्मरणीय रूपमा क्यामेरामा कैद गर्नेछ।
विशेष अतिथि:
-
चोलेंद्र पौडेल
-
पार्वती जीसी
त्यसैगरी, कार्यक्रमको मुख्य आकर्षणको रूपमा मुख्य गायक तथा गायिकाले प्रत्यक्ष प्रस्तुति दिनेछन्, जसले हलभर तीजको रौनक र उत्साह छर्नेछन्।
प्रवेश शुल्क र टिकट खरिद प्रक्रिया
-
वयस्क: $25
-
१०–१८ वर्षका बालबालिका: $15
-
१० वर्ष मुनिका: निःशुल्क
बैंक विवरण:
नाम: Bathurst Nepalese Community
BSB: 062-504
खाता नं.: 10734244
रकम ट्रान्सफर गरेपछि टिकट संख्या र नामसहितको स्क्रिनसट पठाउन अनुरोध गरिएको छ:
-
पारु खड्का – 0410 562 054
-
बिवेक रिजाल – 0415 138 995
-
चन्द्रशेखर यादव – 0415 784 435
कार्यक्रमका प्रायोजक र समर्थकहरू
प्लाटिनम प्रायोजक:
-
Midas Finance – Jason Pradhan
सिल्भर प्रायोजक:
-
Annapurna Groceries
-
LJ Hooker Bathurst
-
Fresh Garden Market Kings Langley
ब्रोनज प्रायोजक:
-
Diva Brow & Beauty Bathurst
-
LAXMI Home Loans – Australia
-
नबिन प्रसाई मोमो घर बाथर्स्ट
-
Team Consult Sydney
-
Team Consult – Global Office
-
Kangaroo Education & Visa Services Sydney
-
The Gardens on Forest (Indreni Group)
-
Mani’s Driving Academy Bathurst – Mani Sintan
-
Mayalu – The Brand You Can Trust
-
विष्णु सापकोटा
गर्वका साथ समर्थन गर्नेहरू:
-
8848 Tattoo Studio Bathurst
-
Bakers Delight Bathurst
-
B Brothers Football Club
-
Nepalese in Bathurst Cricket Club – NBCC
मिडिया पार्टनर: AusNepalNews
आयोजकहरूको भनाइमा, “तीज हाम्रो संस्कृति र समुदायको उत्सव हो। पाशुपतिन बौद्ध तपोधाममा हुने विशेष धार्मिक कार्यक्रम र बाथर्स्टमा हुने सांस्कृतिक कार्यक्रम मिलेर यस वर्षको तीजलाई अझै अविस्मरणीय बनाउनेछ।”
“यस वर्षको तीजलाई हामी सबै मिलेर अविस्मरणीय बनाऔं!”









