नेत्र पण्डित-असनेपाल न्युज/ काठमाडौं । राष्ट्रिय बालदिवस २०७८ को पूर्वसन्ध्यामा विश्व शान्ति तथा अध्यात्मक विज्ञान समाज The Global Society for Peace and Spiritual Science Incorporated (GSPSS) नेपालको एक समूहले काठमाडौंमा बालबालिकाको सम्झनामा सरकारद्धारा निर्माण गरिएको स्तभमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
द्धन्द्धकालमा दिवगंत बनेको बालबालिकाको चिर शान्तिको लागि मौन प्रार्थना गर्दै विश्व शान्ति तथा अध्यात्मक विज्ञान समाजका सम्पूर्ण सदस्यहरुले आ आफ्नो स्थानबाट ध्यान तपस्या र प्रार्थना गर्नु भएको थियो ।
विश्व शान्ति तथा अध्यात्मक विज्ञान समाजले नेपालका विभिन्न स्थानका बालबालिकाको मात्र नभएर विश्वकै बालकालिकाहरुको उत्थानमा हरेक सप्ताहान्नमा एक विशेष बाल कार्यक्रम आयोजना गर्दै आएको छ -सहभागि मध्एका एक अर्जुन ज्ञवालि बताउनुहुन्छ । GSPSS परिवारका विभिन्न पदाधिकारि र व्यवस्थापन समुहका गुरुहरुको सो अवसरमा उपस्थिति रहेको थियो .
जहाँ योग, ध्यान, तप, कलाकारिता, नृत्य लगायतका विषयबस्तु समेट्दै बालबालिकाको प्रतिभा मलजल गर्नेयोग संस्कार प्रवद्धन गर्दै आएको छ । द्धन्द्धमा परेका बालबालिकको नाममा गरिएको प्रार्थना , ध्यानले आत्माको चिरशान्ति गर्ने भएकोले यस्तो कार्यक्रम गरिएको सहभागीहरुले जनाएका छन् ।

कार्यक्रममा विश्व शान्ति तथा अध्यात्मक विज्ञान समाजको तर्फबाट महेश खनाल, अर्जुन ज्ञावाली, सबिता न्यौपाने, सोमिका श्रेष्ठ ,सबिना न्यौपाने, कमला रिजाल, योगेन्द्र खतिवडा, राम सञ्जेल लगायत व्यक्तिहरुको सहभागि रहेको थियो ।
विश्व शान्ति तथा अध्यात्मक विज्ञान समाजले हरेक दिन नि:शुल्क अन्तर्राष्ट्रिय योगअलायन्स द्धारा मान्यताप्राप्त आधारभूतदेखि स्नातकसम्मको शैक्षिक तालिक प्रदान गदैृ आएको छ । हाल २सय देखि ४00 घण्टाको योग प्रशिक्षण सञ्चालन भैरहेको छ ।
विश्व शान्ति तथा अध्यात्मक समाजको अस्ट्रेलिया नेपाल र अन्य देशमा दर्ता रहेको छ । १२ वर्ष अघि नेपाली योगी तथा सकारात्मक सोचका अभियन्ता बाट अस्ट्रेलियाको राष्ट्रिय कानुन अनुसार दर्ता भएको यो अभियानमा विश्वभरका नव चिन्तक तथा जीवन रुपान्तरणका अगुवा चिन्तकहरु जोडिएका छन्।
नेपालीहरु द्वारा सन्चालित अन्तर्राष्ट्रिय छाता संगठन हो GSPSS। यसले विश्वमा बढ्दै गईरहेको हिंसा , तनाव तथा विभेद जस्ता कार्यक्रमलाई रोक्ने सकारात्मक संबन्धि गतिविधि सन्चालन गरिरहेको छ । सो संस्थाले भारत, क्यानडा,फिजी, अमेरिका,बेलायत, स्पेन,युरोको विभिन्न देशहरु कोरिया, कतार, दुबई लगायत धेरै देशमा आफ्नो शाखा विस्तार गरिसकेको छ ।
GSPSS..org.au वेबसाइट रहेको संस्थाले विश्व बन्धुत्व,सहृदयता विस्तार प्रवर्द्दन गतिविधी सञ्चालन गर्दै आईरहेको छ । ऐतिहासिक रुपमा योग सम्मेलन गरेर हरेक वर्ष योग दिवस मनाउने मात्र नभई विश्वका विभिन्न क्षेत्रका पादरी ,ईमाम , प्रवचक तथा विभिन्न क्षेत्रमा धार्मिक अगुवा, सकारात्मक सोचका अभियान्ता तथा पूर्विय दर्शनका विज्ञहरुलाई जमघट गराउँदै तर्क बहश र सैदान्तिक प्रस्तुतीहरुलाई अगाडी बढाउँदै आएको छ ।संस्थापक अध्यक्ष, सकारात्मक सोचका अभियन्ता ,अन्तर्राष्ट्रिय अध्यात्मिक गुरु आचार्य राजन शर्मा रहनु भएको छ ।विश्व शान्ति सङ्गित :
भिडियो च्यानल:
https://www.youtube.com/c/TheMindPowerSociety/videos








