सुन्दरता र सुगठनको लागि अद्भुत उपयोगी योग आसन र विधि

सुन्दरता र सुगठनको लागि अद्भुत उपयोगी योग आसन र विधि

चन्द्र नमस्कार
चन्द्र नमस्कार चन्द्र नाडि सन्तुलनका लागि ,शरीरको लचकताको लागि र शरीरको सर्वाङ्गिण शान्ति आभा कान्न्ति र उर्जा बढाउंने महत्वपूर्ण श्रिङ्गखलावद्द हठयोग आसन हो । नारी शक्तिको लागि अत्यन्त उपायोगि यो आसन बेलुकि गर्नुमा अझ धेरै लाभ हुन सक्नेछ । भोजन ग्रहणको ३ घण्टा पछि ३ देखि ५ पटक दोहोर्याएर यो आसन गर्न सकिने छ । चन्द्र नमस्कारको लाभ र प्रभाव अद्भुत भएकै कारण विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज(The Global Society for Peace and Spiritual Science -GSPSS )ले यसलाई अन्त

Yogi Acharya Rajan Sharma
Yogi Acharya Rajan Sharma

र्राष्ट्रिय योग शिक्षक प्रशिक्षणको पाठ्यक्रममा समावेश गरेको छ । आफ्नो शिविरमा लामो अनुसन्धा न र प्रयोग र परिक्षण पछि यसलाई यो पाठ्यक्रममा समावेश गरिएको हो ।यो आसनलाई मासिक धर्मको वखत पनि साधना गर्न सकिने छ ।
चन्द्र नमस्कारले ईदा, पिङ्गला र सुषुम्णा त्री-नाडिलाई नै सन्तुलनमा ल्याउंन सक्छ ।यसले शरीर शान्त अनि लचकदार ,मन आनन्द र विचार स्थिर भएको अवस्थामा पुर्याउंछ । विहानको साधनामा सूर्य नमस्कार र चन्द्र नमस्कार दुबै आसन गर्दा अत्यधिक लाभ हुनेछ तर वेलुकि भने सुर्य अस्त भईसके पश्चात चन्द्र नमस्कार गर्दा यसले रात्रि विश्राममा सहज हुने गहिरो निन्द्रा लाग्ने हुन्छ । अनिन्द्रा ,थकान आलस्यमा यो अत्यन्त्र उपयिगी मानिन्छ । यस श्रिङ्गखलाको
प्रमुख आसनहरु र स्थिति:
1. चन्द्र प्रणामासन
2. अर्ध चन्द्र-1 (तीर्यक दाँयां )
3. अर्ध चन्द्र -२ तीर्यक बांया
4. देव्यासन
5. पञ्चतारा लक्ष्यासन
6. त्रीकोणासन
7. पार्श्वोत्तासन
8. आन्जनेयासन
9. स्कन्धासन वांया
10. मलासन
11. स्कन्धासन दाँया
17 आन्जनेयासन
12. पार्श्वोत्तासन
13. त्रीकोणासन
14. पञ्चतारा लक्ष्यासन
15. देव्यासन
16. चन्द्र प्रणामासन

1. चन्द्र प्रणामासन
श्वास लिंदै हात माथि तन्काउंने । कुम्भकमा रहने र ध्यान २ आंखि भौं विचमा राखेर दृष्‍टि सिधा अगाडि अचल विन्दुमा राख्ने ।
2. अर्ध चन्द्र-1 (तीर्यक दाँयां )
श्वास रेचक गर्दै वायां ,वाह्य कुम्भक ,ध्यान नाभिमा, दुवै हात नमस्कारमा राखेर लच्किने
3. अर्ध चन्द्र -२ तीर्यक बांया
श्वास रेचक गर्दै वायां ,वाह्य कुम्भक ,ध्यान नाभिमा दुवैहात नमस्कारमा लच्किने
४। देव्यासन
श्वास कुम्भक ,वांया खुट्टा फट्टयाएर कम्मरलाई काल्पनिक कुर्षिमा बसेझैं रोकाउंने
5. पञ्चतारा लक्ष्यासन
श्वास सामान्य लिन्दैं ,हात सिधा तन्काएर माथि उठ्दै सिधा राख्ने ,ध्यान दुबै अंखाको विचमा
6. त्रीकोणासन
पूरक गर्दै देब्रे हात देव्रेखुट्टाको पैतला नजिकै रखेर दाहिने हात माथि सिधा उठाउंने , दृष्‍टि बुढी औलाको टुप्पोमा ध्यान र्हिदयकेन्द्रमा
7. पार्श्वोत्तासन
रेचक गर्दै दुवै हात पैतालाको दाँया-बाँयां राख्दै यथा समर्थ्य चिउंडो घुंडामा छुने प्रयास गरेन

8. आन्जनेयासन
दाहिने खुट्टा पछाडि सार्दै श्वास पुरक गर्दै दुवै हात पुरा माथि उठाएर ढाडलाई पछाडि तर्फ लच्काउंने , ध्यान आज्ञा चक्रमा
9. स्कन्धासन वांया
देव्रे खुट्टाको कुर्कुच्चामा पूरा भार राखेर दाहिने खुट्टा पुरै तन्काउंने श्वास रेचक ,ध्यान मुलधार चक्र
10. मलासन
दुबै खुट्टामा भार बराबरि पार्दै टुक्रुक्क बस्ने श्वास सामान्य ,ध्यान र्हिदयमा , हात नमस्कार मुद्रामा
11. स्कन्धासन दाँया

दाहिने खुट्टाको कुर्कुच्चामा पूरा भार राखेर दाहिने खुट्टा पुरै तन्काउंने श्वास रेचक ,ध्यान मुलधार चक्र
17 आन्जनेयासन
बायां खुट्टा पछाडि सार्दै श्वास पुरक गर्दै दुवै हात पुरा माथि उठाएर ढाडलाई पछाडि तर्फ लच्काउंने , ध्यान आज्ञा चक्रमा
१२। पार्श्वोत्तासन

रेचक गर्दै दुवै हात दाहिने पैतालाको दाँया-बाँयां राख्दै यथा समर्थ्य चिउंडो घुंडामा छुने प्रयास गर्ने
१३। त्रीकोणासन

पूरक गर्दै दाहिने हात दाहिने पाउको पैतला नजिकै रखेर दाहिने हात माथि सिधा उठाउंने , दृष्‍टि बुढी औलाको टुप्पोमा ध्यान र्हिदयकेन्द्रमा
14. पञ्चतारा लक्ष्यासन
श्वास सामान्य लिंदैं ,हात सिधा तन्काएर माथि उठ्दै सिधा राख्ने ,ध्यान दुबै आंखाको विचमा
15. देव्यासन
श्वास कुम्भक ,वांया खुट्टा फट्टयाएर कम्मरलाई काल्पनिक कुर्षिमा बसेझैं रोकाउंने
16. चन्द्र प्रणामासन

श्वास लिंदै हात माथि तन्काउंने । कुम्भकमा रहने र ध्यान २ आंखि भौं विचमा राखेर दृष्‍टि सिधा अगाडि अचल विन्दुमा राख्ने ।

लाभ
• श्वास -प्रश्वास प्रणालि
• पाचन प्रणालि
• संचार तन्त्र
• हड्डिहरु मध्ये मेरुदण्ड
• लगायत सबै हड्डिको श्वास्थ्यमा सकारात्मक प्रभाव
• मांशपेशिमा रक्त्त प्रवाहको शुद्दिकरण

सावधानि
• गर्भवतिहरुले ३ महिना पछि यो आसन नगर्ने
• उक्त्त रक्तचाप , असाध्य रोग , अत्यधिक घाऊ-चोटमा निषेध

सम्बन्धित शिर्षकहरु