
अष्ट्रेलिया ,सिड्नी ! अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वभरका १८०० योग शिक्षकहरु एकै साथ दिक्षित हुनु भएको छ । विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज(The Global Society for peace and Spiritual Science -GSPSS)को आयोजनामा राष्ट्रिय-अन्तर्राष्ट्रिय शैक्षिक तथा यौंगिक संघ संस्थाको समन्वयनमा अन्तर्राष्ट्रिय योग अलायन्सद्धारा मान्यता प्राप्त योग शिक्षकहरु यसरि दिक्षित हुनु भएको हो । विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज(GSPSS)को संस्थापक प्रा. योगी आर्चाय राजन शर्माको समन्वयन र नेपालका योगीजनहरुको समन्वयमा ‘अनलाईन एप जुम मार्फत उक्त कार्यक्रम भएको थियो ।
कार्यक्रममा ३२ राष्ट्रका १८०० भन्दा बढी योग मुमुक्षु साधक र गुरुजनहरुबीच दिक्षान्त समारोह सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथी नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती रहनु भएको थियो ।
अष्ट्रेलियाका लागि महामहिम राजदुत महेशराज दाहाल , विश्वशान्ति तथा अध्यात्म विज्ञान समाजका स्वयंसेवकजनहरु , विश्व शान्ति आश्रमका गुरुजनहरु, कालीगण्डकी ज्ञान विज्ञान प्रज्ञाप्रतिष्ठानका प्रमुख चैतन्य कृष्ण , युवा दार्शनिक नेपाल मनोक्रान्ति योगका द्रष्टा एवं अगुवा डा.योगी विकाशानन्द, डा क्षितिज बाराकोटी , डा. चिन्तामणी योगी लगायतको सहभागि रहेको थियो ।
साथै अमेरिका ,अष्ट्रेलिया , फिजी ,मलेसिया ,कतार ,क्यानडा,कोरिया ,भारत लगायात विश्वका विभिन्न देशहरु तथा नेपालका सात वटै प्रदेशका संघ-संस्था , योगीजन ,गुरुकुल र प्रत्येक योग शिविर,र घर-घरबाट एकैसाथ विश्वशान्ति दीप प्रज्वलन गरेर सांकेतिक रुपमा सहभागीता जनाउनु भएको थियो ।
विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज(GSPSS)द्धारा अन्तर्राष्ट्रिय योग शिक्षक प्रशिक्षणका प्रथम र दोस्रो चरणका सहभागी हुने मध्ये पहिलो चरणमा परीक्ष पार गर्ने सबैलाई प्रा योगी आर्चाय राजन शर्माले बधाई तथा शुभकामना दिनु भयो ।
स्वयंको रुपान्तरण र आरोग्यताको साथमा योग्यता नै हाम्रो मुलमन्त्र भएको बताउँदै शर्माले नेपाललाई योग गुरु र गन्तव्यको देश बनाउने यो महाअभियानलाई आफ्नो अभियान सम्झने प्रत्यक जागरुक व्यक्तित्वहरु प्रति सबैलाई बधाइ दिनुभयो ।
कार्यक्रममा कुलपति उप्रतीले देशको पहिचान जोगाउंन गरिएको यो कार्य अत्यन्त महान र राज्यकै उत्थान गर्ने अभियान रहेको बताउनु भयो । यस्तै अष्ट्रेलिया का लागि महामहिम राजदुत महेश राज दाहालले यो अभियानले नेपालकै गौरव बढाएको भन्दै योगी आचार्य राजन शर्माको अभियान अब विश्वकै नेपालीको अभियान भएको बताउनु भयो ।
डा योगी विकाशानन्दले विदेशी योगा अलायन्सको नाममा सिण्डिकेट चलाऊदै आएको नेपाली समाजमा नि:शुल्क वैश्विक मान्यता प्राप्त शिक्षा घर -घरमा पुर्याएर आचार्य राजन शर्माले सतपात्र र सच्चा सपुतको कार्य गर्नु भएको र सत्कार्यलाई सबैले साथ दिनु पर्ने नत्र गलत परम्परकै हाबी हुने भन्दै यो अभियानको मुक्त कण्ठले प्रसंशा गर्नु भयो ।
यस्तै अध्यात्मिक युवा गुरु चैतन्य कृष्णले आचार्य राजन शर्मा गुरुको योगदानबाट विश्वमै एक अलौकिक कार्य हुन लागेको बताउनु भयो । यस्तै डा क्षितिज बाराकोटीले योगले जोड्ने कार्य गर्ने भएकाले यो अभियानले वास्तवमै विश्व जोडेको बताउनु भयो ,योग सिकाई चेतना प्रधान हुनुपर्ने बताउंनु भयो ।
सो अवसरमा विभिन्न व्यक्तिहरुले जीवन रुपन्तरणको अनुभव सुनाउंनु भएको थियो । यस्तै सभापतिको रुपमा योगी आचार्य प्राध्यापक आचार्य राजन शर्माले जन्म भुमीको ॠण तिर्नकै लागि यो सानो अभियान थालिएको भएपनी यो अब विश्व अभियान बन्न पुगेको बताउंदै विश्व जगतले नेपाललाई अब छिट्टै नयाँं परिभाषा बाट चिन्न सक्ने बताउनु भयो ।
कार्यक्रममा विभिन्न देश विदेशका कलाकारहरुको प्रस्तुती नाच ,काव्य वाचन , तथा अन्य रोचक प्रस्तुती राखिएको थियो । प्रमुख अतिथिको रुपमा कुलपति उप्रेतीले प्रमाण पत्रको नाम पढेर दिक्षान्त समारोहको उद्घाटन गर्नु भएको थियो ।
विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज(The Global Society for peace and Spiritual Science -GSPSS)का योगदुत तथा मानव सेवा आश्रमका प्रमुख रामजी अधिकारीको सुन्दर प्रस्तुतीमा सम्पन्न सो कार्यक्रम शिव प्रशाद वस्याल ,महेश खनाल , दीर्घ राज गिरी ,भरत पौडेल , गंगा सुवेदी, गीता वली, कमला अधिकारी, अनिल ज्ञवालि,शोमिका श्रेष्ठ लगायतले विभिन्न प्रस्तुती र व्यवस्थापन गर्नु भएको थियो
सो अवसरमा प्रथम र दोश्रो तालिमको चरणमा सघाउंने संघ संस्थाहरु ,मानव सेवा आश्रम , पातन्जल योग समिति,विश्व दर्शन , योग प्रेमि परिवार नेपाल , पोखरा एग्रो , कालीगण्डकी ज्ञान विज्ञान प्रतिसस्ठान ,सहाराको घर , रक्षा नेपाल ,लगायतका संघ संस्थाहरुलाई प्रसंसा र कदर गरिएको थियो ।
नेपालकै पहिलो योग अक्षय कोष
विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज(GSPSS) ले नेपालमै पहिलो पटक योग प्रवर्द्दनका लागि एक अक्षय कोषको शुभारम्भ गरेको छ । गत २०७७ को माघ एक गते देखि ५ लाख रुपैया बाट शुरु गरि बढाउंदै जाने गरि सो कोष स्थापना गरिएको संस्थाले जनाएको छ । योग बिकासका लागि स्थापना गरिएको यो नै प्रथम कोष हो ।
एक लाखको कोर्ष नि:शुल्क , विदेशिने रकम नेपालमै
विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज(GSPSS)ले विश्व योग अलायन्स र अष्ट्रेलियाली योग अलायन्सद्वारा मान्यता प्राप्त योग शिक्षक तालिम लाई नि:शुल्क प्रशिक्षण गराउंदै आएको छ । जुन प्रमाण पत्रलाई नेपालमा एक लाख र अमेरिका ,अष्ट्रेलियालीयामा यो कोर्ष वापत ४ लाख सम्म असुलिंदै आएको छ । तर व्यक्तिगत रुपमा आचार्य राजन शर्माले स्वयं खर्च व्यहोर्दै यो नेपाल प्रेमि हरुकालागि सर्व सुलभ बनाउंदै आउंनु भएको हो ।














