योग प्रवर्द्धनको लागि विश्वशान्ति तथा आध्यात्म विज्ञान समाजद्धारा ५ लाखको अक्षय कोष स्थापना

अष्ट्रेलिया । विश्व शान्ति तथा अध्यात्मक विज्ञान समाज The Global Society for Peace and Spiritual Science Incorporated (GSPSS) का संस्थापक,प्राचार्य एवम् अन्तर्राष्ट्रिय योग गुरु आचार्य राजन शर्माले ५ लाख राशीको अक्षय कोष स्थापना गर्नु भएको छ ।

राष्ट्रिय योग दिवसको अवसरमा योग प्रवर्द्धनको लागि अक्षयकोष स्थापना भएको हो ।

अक्षयकोषको संरक्षक योगीआचार्य राजन शर्मा ,संयोजकमा योगी दीर्घ गिरी सदस्यहरुमा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालमा सम्पूर्ण परिवार रहनेछन् । हकदारको रुपमा सम्पूर्ण नेपाल प्रेमी योगीजनहरु रहनेछन् ।

अक्षयकोष सल्लाहकार डा. योगी विकासानन्द, डा. क्षितिज वाराकोटी, डा.चिन्तामणी योगी, ललित शंकर योगी, सुरेन ताउ कुमार रहनु भएको छ ।

यो कोष विस्तारित हुँदै जाने नेपाल संयोजक दिर्घ राज गिरीले बताउनु भयो । उक्त रकम योग प्रवर्द्धनको लागि खर्च गरिने छ ।

विश्वको विभिन्न देशमा मानवता, सकारात्मक सोच,योग, ध्यान पूर्विय दर्शको विज्ञान प्रर्वद्धन गर्दै हजारौ र लाखौ-लाखलाई संन्जालमा गाँस्न अध्यात्मक विज्ञान समाज सफल भएको छ ।

वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको छ ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

विश्व शान्ति तथा अध्यात्मक समाजको अष्ट्रेलियामा दर्ता रहेको छ । ११ वर्ष अघि नेपाली योगी तथा सकारात्मक सोचका अभियन्ता बाट अस्ट्रेलियाको राष्ट्रिय कानुन अनुसार दर्ता भएको यो अभियानमा विश्वभरका नव चिन्तक तथा जीवन रुपान्तरणका अगुवा चिन्तकहरु जोडिएका छन्।

संयुक्त राष्टसंघबाट अनुमोदन भएको अन्तर्राष्ट्रिय छाता संगठन हो । यसले विश्वमा बढ्दै गईरहेको हिंसा , तनाव तथा विभेद जस्ता कार्यक्रमलाई रोक्ने सकारात्मक संबन्धि गतिविधि सन्चालन गरिरहेको छ । ।

सो संस्थाले भारत, क्यानडा,फिजी, अमेरिका,बेलायत, स्पेन,युरोको विभिन्न देशहरु कोरिया, कतार, दुबई लगायत धेरै देशमा आफ्नो शाखा विस्तार गरिसकेको छ ।

GSPSS..org.au वेबसाइट रहेको संस्थाले विश्व बन्धुत्व,सहृदयता विस्तार प्रवर्द्दन गतिविधी सञ्चालन गर्दै आईरहेको छ ।

ऐतिहासिक रुपमा योग सम्मेलन गरेर हरेक वर्ष योग दिवस मनाउने मात्र नभई विश्वका विभिन्न क्षेत्रका पादरी ,ईमाम , प्रवचक तथा विभिन्न क्षेत्रमा धार्मिक अगुवा, सकारात्मक सोचका अभियान्ता तथा पूर्विय दर्शनका विज्ञहरुलाई जमघट गराउँदै तर्क बहश र सैदान्तिक प्रस्तुतीहरुलाई अगाडी बढाउँदै आएको छ ।

सम्बन्धित शिर्षकहरु