सञ्चारकर्मी टीका कार्कीको श्रद्धाञ्जली तथा विदाई , शव नेपाल पठाइंदै

अस नेपाल न्युज/ सिड्नी । विगत दुई दशकदेखि अष्ट्रेलियाको नेपाली पत्रकारितामा सक्रिय संचारकर्मी एवं सामाजिक अगुवा टीका कार्कीको श्रद्धाञ्जली तथा विदाई कार्यक्रम सम्पन्न भएको छ ।

भव्य कार्यक्रमको बीच सिड्नीमा उनको विदाई तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । श्रद्धाञ्जली सभामा ठूलासंख्यामा सिड्नीका नेपाली समुदायको उपस्थिती रहेको थियो ।

श्रद्धाञ्जली सभामा न्यू साउथवेल्स राज्यको अवैतनिक महावाणिज्य दूतमा दीपक खड्का  , विश्व शान्ति तथा अध्यात्मक विज्ञान समाज ‘The Global Society for Peace and Spiritual Science Incorporated (GSPSS)  संस्थापक अध्यक्ष तथा प्रध्यापक आर्चाय राजन शर्मा लगायतको उपस्थिती रहेको थियो ।उहांहरुले कार्यक्रममा नेपाली समुदायको लागि एउटा अपुरणिय क्षति भएको उल्लेख गर्दै आफ्नो लागि भन्दा अरुको लागि जीवन बांच्नेहरु जीवनको उदाहरण हुन् बताउंनु भयो ।

त्यस्तै नेपानी समाजको विभिन्न व्यक्तित्वहरु डा नारायण प्रधान, सञ्चारकर्मी हेमन्त काफ्ले,  देव गुरुड, राज श्रेष्ठ, भीम खरेल डिला राम खरेल  लगायतले शोक सभामा उनको प्रशंसा गरेका थिए । कार्यक्रमा सहभागिले मानिस समाजसेवा गरेर यसरी बाच्नुपर्छ, भन्दै मरेर गएपछि पनि समाजको लागि जीवित नै रहेको बताए ।

शोक सभामा महावाणिज्य दुत दीपक खड्काले उनको नेपालमा रहेको  सन्तानलाई अष्ट्रेलियासम्मको उच्च शिक्षामा सहयोग गर्ने बताएका छन् । त्यस्तै राज श्रेष्ठ लगायतले परिवारलाई सहयोग गर्ने बताएका छन् ।

त्यस्तै  टीका कार्कीको नाममा  एक पुरस्कार कोष स्थापना गरिने नेपाली पत्रकारहरुको संस्था ‘अष्ट्रेलियन नेप्लिज जर्नलिष्ट एशोसिएसन’ (एन्जा) को अध्यक्ष हेमन्त काफ्लेले अस नेपाल न्युलाई बताए ।

रेडियो मार्फत आफ्नो आवाजलाई विश्वभर छर्न सफल कार्कीले मृत्यु हुँदा पनि समाजलाई गतिलो सन्देश  छोडेर जानु भएको छ । कुन स्ट्याटस र कति सम्पत्ति आर्जन गरियो भन्दा पनि मानिस बाचुन्जेल समाजको लागि के कति उपयोगि बनियो भन्ने कुरा महत्वपूर्ण हो भन्ने पुष्टि उहाँको बिदाई तथा श्रद्धाञ्जली सभामा उपस्थितको संख्याले पनि देखाएको छ । उहाँको शव नेपाल लगिंदै छ । फोक्सोमा आएको खराविका कारण उहांको मृत्‍यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको उहांको बहिनि शान्ता सुवेदिले अस नेपाल न्युलाई बताएकि छन्।

सन् २००३ देखि नेपाली भाषाको कार्यक्रम मार्फत हिमालयन रेडियोले नेपाली समुदायलाई सुसूचित गर्दै आएको थियो । कार्की आफ्नै निवासमा मृत फेला परेका थिए ।

सम्बन्धित शिर्षकहरु