विश्वव्यापी मान्यता प्राप्त नि:शुल्क योग शिक्षक प्रशिक्षणको नयाँ भर्ना शुरु

May be an image of 1 person, standing and text that says '水 विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज Yoga Teacher Training Internationally Accredited अन्तराष्ट्रिय योग शिक्षक तालिम अड़ग्रेजी माध्यमवाट योग प्रशिक्षण अन्तराष्ट्रिय योग शिक्षक तालिम 'ज्योतिष शिक्षा "उद्धोषण कला 'संस्कृत भाषा "उपनिषद व्याख्यान WITH From:2021-01-01 zoom "ब्रम्ममुहूर्तको अद्धुत शान्ति ध्यान YOGI ACHARYA RAJAN SHARMA 4:30AM-6:00AM PASSCODE: gspss Every morning ID:9856016855 Renowned Motrvational "MYT" JUMAR LIVE ON रक्षा नेपाल info@ gspss.org.au f Pokhara Agro Group global society for peace and spiritual Ausnepalnews science incorporated (GSPSS) MASTER D01 The mind power society'असनेपालन्युज । विश्वयोग अलायन्स तथा योग अलयान्स अष्ट्रेलिया द्वारा पूर्ण ईजाजत प्राप्त चौथो चरणको २०० घण्टे नि:शुल्क अन्तर्राष्ट्रिय योग शिक्षक प्रशिक्षणमा भर्ना शुरु भएको आयोजक संस्थाले जनाएको छ ।

आयोजक निकायका अनुसार विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज परिवार (GSPSS) समाजद्वारा आयोजित वैश्विक मान्यता प्राप्त यो शिक्षक प्रशिक्षणमा यहि श्रावण २५ वा अगस्ट ९ तारिख सम्म्ममा आफ्नो विवरण पेश अनुरोध गरिएको छ । अनलाईन बाट सन्चालन हुने यस अध्यापनमा जोडिन विश्वभरका जुन सुकै स्थान बाट सकिने छ ।

सो प्रशिक्षण नेपालको विहान ४ देखि ६:३० सम्म,अष्ट्रेलिया, सिड्नी समय विहान ८ बजे देखि, र अमेरिकाको न्युयोर्क दिउंसो ६:१५मा सन्चालन हुंदै आएको छ । विश्वको कुनै पनि देशमा योग बिस्तार गर्न , प्रशिक्षण र प्रवर्द्दनको लागि अन्तर्राष्ट्रिय कानुन अनुसारको ईजाजत प्राप्त एक मात्र नेपाली संस्था विश्वशान्ति तथा अध्यात्मा विज्ञानले विश्वस्तरिय पाठ्यक्रममा आधारित रहेर सो प्रशिक्षण दिंदै आएको छ ।

योग दर्शनलाई शास्त्रिय आधार र विश्वका विश्वविध्यालायको प्रयोगात्मक अनुसन्धानम आधारित यो प्रशिक्षणलाई अष्ट्रेलियाको भिक्टोरिया विश्वविध्यालय , महाशक्ति योग कलेज अष्ट्रेलिया , एजुकेशन सेन्टर अष्ट्रेलिया ,अष्ट्रेलियन कलेज अफ योगा एण्ड नेचुरोथेरपी समन्वय गरेका छन्।

अन्यदेशमा $४४०० डलर र नेपालमा १ देखि ३ लाख रुपैया सम्म पर्ने सो कोर्षलाई नेपाली र नेपाल भाषिका लागि भने नि:शुल्क सन्चालन गरिंदै आएको छ । हाल नेपालका ७ प्रदेश , अमेरिका , अष्ट्रेलिया , वेलायत , कतार , मलेशिया , फिजि, भारत लगायत ३२ राष्ट्रका १८ सय भन्दा बढिका प्रशिक्ष्यार्थीहरुले यसको प्रत्यक्ष्य लाभ लीइरहनु भएको छ ।
यो पाठ्यक्रममा अष्टाङ्ग योग , हठ योगको सम्पूर्ण दर्शनको सैद्दान्तिक तथा प्रयोगात्मक प्रशिक्षण हुने गर्छ । यसको अनाटोमि,फिजिओलोजी अलावा ५० भन्दा बढी रोग अनुसारको योग ,संष्कृत, खगोल गणित ,वाक कला , आयुर्वेद ,प्रार्थमिक उपचार , वास्तु विज्ञान, अंग्रेजी भाषा ,तन्त्र ध्यान ,षटकर्म,उपनिषद,वैदिक गणितको अध्यापन गराईने गरेको छ ।

नेपाललाई योग गुरु र गन्तव्यको देश बनाउंने महाअभियान अन्तर्गत योगी आचार्य राजन शर्माको पूर्ण समर्पणमा र मुख्य प्रस्तुति तथा नेपाल व्यवस्थापन समुह द्वारा सन्चालित यो आत्म रुपान्तरण ,आरोग्यता र वैश्विक योग्यता अभियानमा जोडिएर लाभ लिन सादर अनुरोध छ ।

साथै २ सय घण्टाको प्रशिक्षणमा उत्तिर्ण भई ४०० घण्टाको शिक्षक प्रशिक्षणमा पुरागर्नु भएकाहरुको हकमा परीक्ष्याको तयारिका लागि आ-आफ्नो नाम यसै साता भित्र व्यवस्थापन समुहमा दर्ता गर्न हार्दिक अनुरोध गरिन्छ । संन्स्थाको वा कलेजको आधिकारिक वेब साइटमा गएर वा नेपाल स्थित व्यवस्थापन समुहलाई सम्पर्क गर्न सकिने छ ।

हाल यो अभियानमा मानव सेवा आश्रम ,पोखरा एग्रो समुह , कालि गण्डकि ज्ञान विज्ञान प्रतिषठान , रक्षा नेपाल ,विश्व दर्शन , मायाको घर , शहाराको घर , विश्व भुटानि हिन्दू संघ लगायत दर्जनौं संघ संस्थाहरु रहेका छन्।

आत्मरुपान्तरण र परमात्मामा मिलन नै योगको प्रमुख धेय हो ,तर यसमा नेपालीहरु श्रमका लागि मात्र हैन विवेक र बुद्दकलामा पनि कुशल छन् भन्ने विश्वमा जनाउंन यो अभियान थालिएको बताउंनु हुन्छ अभियानका परिकल्पनाकार आचार्य राजन शर्मा बताउंनु हुन्छ ।

विश्व योग आलायन्सले तोकेको कानुनि मान्यताअनुसार सफ्टवेयर बाटै परिक्ष्या हुने र यसमा अष्ट्रेलियाली योग आलायन्सले परिक्षा सन्चालन गर्ने हुंदा नतिजा पारदर्शि र निष्पक्ष रहने परिक्षा बोर्ड प्रमुख सिण्डी आबु हाइदर असनेपाल न्युजलाई बताउंछिन्। दैनिक कार्यक्रममा जोडिन जुम आइ डि यस्तो छ :

GSPSS_YTT200 Yoga Teacher Training Everyday
Time: 4:-6-30am Nepali time & 8 am Sydney Australia
Join Zoom Meeting
Meeting ID: 818 8221 7949
Passcode: gspss

भर्ना सम्बन्धि लिङ्कमा यहाँं क्लिक गर्नुहोस्।

अन्तर्राष्ट्रिय योग अलायन्सको इजाजत हेर्न यहाँं क्लिक गर्नुहोस्।

अष्ट्रेलियाली कलेजको सम्बन्धन क्लिक हेर्न :

प्रशिक्षण पुरा गरिसकेका नेपाली तथा गैर नेपालीको प्रतिकृया

मुख्य प्रशिक्षक विश्वका उत्कृष्ट योगगुरुहरुको सूचिमा परेको विश्वयोग अलायन्सको घोषणा पत्र

Acharya Rajan Listed among World Yoga Instructors

Acharya Rajan Sharma Master Yoga Teacher

योग प्रशिक्षणका भिडियोहरु

https://www.youtube.com/c/TheMindPowerSociety/videos

पाठक्रमको सारांस हेर्नु होस्।

http://www.gspss.org.au/wp-content/uploads/2021/03/Yoga-course-timetable_2021-2022.pdf

About ACYN – Australian College of Yoga & Natural Therapy

GSPSS फेसबुक पेज

https://www.facebook.com/Globalpeacesociety108

 

 

 

सम्बन्धित शिर्षकहरु