
कविता
यति मधुरसँग त तिमीले यो मुटु छोइनौ
एक झल्कोमै बुझेथें यो धरतीकी होइनौ
जुधे’सी आँखा ती सँधै हेरीरहुँ भो’
मीठा ती भावसँगै खेलीरहुँ भो’
बितेका जुनीमा कतै मेरै त थिइनौ
एक झल्कोमै बुझेथें यो धरतीकी होइनौ
न भुलेर भुलीसक्नु छ जसलाई
मनमा यो मोह जागेथ्यो’ र कसलाई
जे गर अब तिमी टाढाकी रहिनौ
एक झल्कोमै बुझेथें यो धरतीकी होइनौ
जादु विचित्रको कालो केशमा हुन्छ र
माया-प्रीति भन्ने तिम्रो देशमा हुन्छ र
निदरीमा साथी, विपनीमा छैनौ
एक झल्कोमै बुझेथें यो धरतीकी होइनौ
एक झल्कोमै बुझेथें यो धरतीकी होइनौ …
*******************************************
- प्रविण टण्डन “वसन्तप्रवीण”
सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com



