गीत – शब्द लहर, अँक २३ – प्रविण टण्डन

 

               

 

 

गीत

 

केही दिनको पर्खाइ छ, वर्षौं जस्तो लाग्छ

जुगौं-जुगका हामी साथी, पर्छौं जस्तो लाग्छ

 

कति नजिक भइए’छ, छुट्टिए’सी थाहा भयो

मन भन्छ जाऊँ त्यहीं, भेट हाम्रो जहाँ भयो

मिलनका ती दिनमै, फर्कौं जस्तो लाग्छ

जुगौं-जुगका हामी साथी, पर्छौं जस्तो लाग्छ

 

एकोहोरो भा’छ मन, त्यै बोली र हाँसोले ‘नि

भनुँ भने कसरी खै, बुझ्छौ होला नबोले’नि

एक-अर्काकै सम्झना त्यो, गर्छौं जस्तो लाग्छ

जुगौं-जुगका हामी साथी, पर्छौं जस्तो लाग्छ

 

साथ हुँदा अब फेरि, खुशीयाली कस्तो जीवन

सँगै मिली बनाउँला, हरियाली जस्तो जीवन

सातै जुनी सँगै, बाँच्छौं-मर्छौं जस्तो लाग्छ

जुगौं-जुगका हामी साथी, पर्छौं जस्तो लाग्छ

जुगौं-जुगका हामी साथी, पर्छौं जस्तो लाग्छ …

 

*******************************************

 

  • प्रविण टण्डन “वसन्तप्रवीण”

         सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com

 

 

सम्बन्धित शिर्षकहरु