कविता – शब्द लहर, अँक २१ – प्रविण टण्डन

कविता

तिमी भेटेदेखि के भएँ, मेरा आफ्नाजतिलाई सोध

कुन रात नसम्झी बिताएँ, यहीं निर्दोष बत्तीलाई सोध

यादमा निस्फिक्री, मनलाई डुबाउनु

खुलै छन् आँखा, कसरी निदाउनु

सुनिन्छ कि कसैको गीत, आफ्नै छातीलाई सोध

कुन रात नसम्झी बिताएँ, यहीं निर्दोष बत्तीलाई सोध

जून पनि अचेल, उजेलो देख्दिन

फूलमा ‘नि किन, सुवास भेट्दिन

भन्छन् रसरँगकी स्वामिनी, रूपमतीलाई सोध

कुन रात नसम्झी बिताएँ, यहीं निर्दोष बत्तीलाई सोध

चोखो हृदयको, बुझिदेऊ भाषा

छोटो जीवनको, सानै छ आशा

कसरी बित्दैछन् एक-एक पल, मेरै छट्पटीलाई सोध

कुन रात नसम्झी बिताएँ, यहीं निर्दोष बत्तीलाई सोध

 *******************************************

  • प्रविण टण्डन “वसन्तप्रवीण”

         सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com

सम्बन्धित शिर्षकहरु