
गीत
तिमीलाई नभेटेको, हुन त मस्तै भयो
जति बिर्सुँ भनेपनि, सम्झना उस्तै रह्यो
फेरि भेट्यौं भनेदेखि, तर्कना हट्ला कि
या नजिकिपछि झन्, तिर्सना बढ्ला कि
कुहिरोमा रूमलिएको, बटुवा जस्तै भयो
जति बिर्सुँ भनेपनि, सम्झना उस्तै रह्यो
के दियौ तिमीले, के पाएँ मैले खै
सँसारै ठानेर, अपनाएँ मैले नै
कस्तो जाल मायाको, बिस्तारै कस्दै गयो
जति बिर्सुँ भनेपनि, सम्झना उस्तै रह्यो
खोज्छन् यी नजरले, त्यो मुहार कहाँ छ
म एक्लो प्रेमी कि, तिमीलाई थाहा छ
हेर नजाँनिदो पाराले, पिरती बस्दै गयो
जति बिर्सुँ भनेपनि, सम्झना उस्तै रह्यो …
*******************************************
- प्रविण टण्डन “वसन्तप्रवीण”
सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com



