चुनौती र अवसरको सगरमाथा
समाजमा सकारात्मक रुपान्त्रणको निम्ती जीवन बांचिरहने एक उर्जाशिल व्यक्ति खेम शर्मा आफैंमा एक उदाहरणिय हुनुहुन्छ। आध्यात्मिक चेतना को गहिरो ज्ञान सहित सरल जीवन बाँच्ने एउटा युवा खेम शर्माको यो उर्जाशिल लेख।
खेम शर्मा
सिड्नी अष्ट्रेलिया
बिश्व अहिले महामारीसंग लडिरहेको छ। सायदै संसारको कुनै पनि देश यो महामारीको असरबाट बचेका छन्। संसार भरीका चिकित्साक्षेत्रका बैज्ञानिकहरु यो महामारीबाट मानिसलाइ कसरि बँचाउने भन्ने मुख्य अनुसन्धानमा छन्। महामारीको छ महिना बितिसक्दा पनिउचित उपचार पद्दति नभेटिएकोले कतै मानव अस्तित्व नै संकटमा त छैन भन्ने प्रश्न पनि अहिले गम्भीर रुपमा उठेको छ। यही बिन्दुमागम्भीर चुनौती संगै महान अवसर पनि छन्।
यहि संकटकाबीच नया उपचार पद्दति मात्रै होइन जीवनशैलीकै खोज अनुसन्धान गर्नु बिश्व मानब समुदायको लागि अहिलेको मुख्यआवश्यकता हो। चिकित्साविज्ञानका बैज्ञानिकहरु आफ्नो ठाउंबाट दिनरात लागिरहेकै छन् तर समाज बिज्ञानमा हामीले केहि नया खोजअनुसन्धान गर्न सकेनौ भने त्यो आविस्कारले मात्रै मानव अस्तित्व माथिको संकटको अन्त्य गर्दैन । यीनै चुनौती र अवसर क्षितिजमादेखापरेका छन् । मानव मात्रै यस्तो प्राणि हो जसले चुनौतीलाइ नयां अबसरमा रुपान्तत्रण गर्न सक्छ ।
यो समय बास्तवमा समाज बिज्ञानमा नयां विचार जन्माउने समय हो । नया विचारले नया संस्कार जन्माउछ , नया संस्कारले सभ्यता रनयां सभ्यताले मानव समाजलाई संचालन गर्छ। यदि अहिले नया विचार र सस्कार जन्माउँन सकिएन भने मानिसको मृत्यलाइ पर सार्नेऔषधि त पत्ता लाग्ला तर अहिले भएको मानविय सभ्यता र संस्कार बच्ने कल्पना पनि गर्न सकिदैन र नवीन मानव सभ्यता र संस्कारनिर्माण हुनेमा पनि संकट पैदा हुन्छ । यो समय सामाजिक दुरी कायम गर्नैपर्ने तर प्रेम र सद्भावको दुरी घटाउनु पर्ने समय हो। नयासंस्कार, सभ्यता वा जीवनशैली यहि भित्र जन्मिन्छ।
नेपाली समाजको सन्दर्भ
नेपाली समाजको विश्लेषण गर्दा अहिले सर्बाधिक राजनीतिक शक्तिमा रहेका नेताहरु सम्मानीय प्रधानमन्त्री के पी शर्मा ओली , पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र शेर बहादुर देउवा आदि हुन्। हामि इतिहासका घटनाको यात निकै प्रशंशा गर्छौ या घृणामात्रै, हामी के पी ओलीको संघर्षमय जेल जीवन देखि देशभक्तिको चट्टानी अडानको प्रशंशा गर्छौ तर उनका केहि उडन्ते कुराको चर्कोआलोचना पनि गर्छौ। नेपालको जनयुद्दमा १७ हजार नेपालीको निधनको दोष प्रचण्डलाइ मात्रै दिन्छौ। तर, त्यो जनयुद्द पछी गरिएकोबृहत शान्ति सम्झौता र त्यसपछिको राजनीतिक रुपान्त्रण बिर्सन्छौँ
| शेरबहादुर देउबाका पछिल्ला कतिपय राजनीतिक कमजोरीको आलोचना गरिरहंदा पंचायत बिरुद्दको आन्दोलनमा उनले जिब्रोमाकरेन्ट लगाइपाएको कठोर यातना बिर्सन्छौ।
नेपाली समाजको सन्दर्भमा यहाँ भन्न खोजिएको कुरा चाहि के हो भने एक पटक बैधानिक र स्वीकार्य भैसके पछी फेरी फेरी त्यो कुराअल्झाई रहनु इतिहासको परिघटनालाइ पछाडी धकेल्नु मात्रै हो। तर संगसगै नेतृत्व पनि उनको संघर्ष , त्याग समर्पणको गरिमालाइकायम राख्न सकेको भए पनि उनीहरुको यति ठुलो आलोचना हुदैनथ्यो र समाजले एक पछी अर्को निराशा भित्र रुमल्लिनु पर्दैनथ्यो। केपी ओलीले केहि हलुका कुरा नगरेको भए र आफ्नो टीमका गलत व्यक्तिहरुलाई सिधा कारबाही गर्न सकेको भए , प्रचण्डले हिजोकोबलिदान र सहादतको मर्म अनुशार आफ्ना पाइला चालेको भए र शेर बहादुर देउवा पजेरो काण्ड लगाएतामा नलागेको भए सायद यीनेतृत्व बिरुद्द जनतामा चरम निराशा पैदा हुदैनथ्यो।
को चाहन्छ र आखिर रत्नाकर डांकु रहिरहन
कुनै बेलाका मुर्ख रत्नाकर डांकु पछी निकै सज्जन भएका कथा सबैले एकचोटी पढ्यौं। सहि अवसर र समय आएपछि उतिबेला मुर्खरत्नाकर डांकु सज्जन बाल्मिकी ऋषि बन्न सक्नेरहेछन। अहिले पनि परिस्थितिले रत्नाकर बनेकाहरु सज्जन बाल्मिकी बन्ने अवसर पोखोजिरहेका छन् कि ?बाल्मिकी भैसके पछी फेरी उनलाई हिजोका रत्नाकर डांकु भनेर इतिहासमा आरोपित गरिरहनु बाल्मिकी जन्मनेप्रक्रियालाई बन्ध्याकरण गर्नु पो हो कि । यसले समाजलाई अगाडी बढाउने होइन कि पछाडी धकेल्ने कुरा हुन्छ । अब यो कुराको अन्त्यहामिले नै अहिले गर्नुपर्छ। किनकि हाम्रो पुस्ताले ढुंगे युग देखि चरम बिकासको आधुनिक युगसम्मको सबै परिस्थिति देखि भोगिसकेकोछ।
हामि सबैले आ–आफ्नो ठाउंमा केहि गल्ति गरेका हुन सक्छौ। म पनि विदेश आएर बिगत लगभग डेढ दशक देखि यतै छु चाहेर पनिमातृभूमिको लागि थोरै मात्रै गर्न सकेको छु ,मेरो केहि कमजोरी पक्कै छ जसको कारणले मैले देशको लागि चाहेर पनि थोरै मात्रै गर्नसकेको छु भन्ने कुराको मन पखाल्ने वा प्रायश्चित गर्ने सुरक्षित् ठाउ मैले नपाएको हुनसक्छ । बिद्यार्थी स्कूल नगएर कक्षा छोडिरहेकापो छनकी , शिक्षकले समयमा स्कूल गएर पढाएका पो छैनन् कि, कर्मचारीले घुस पो खाएका छन् कि , व्यापारीले नचाहिदो नाफा पोअसुलेका छन् कि, इन्जिनीएरले विधि मिचेर काम पो गरेका छन् कि , डाक्टरहरुले कमिसनको लागि कमसल औषधि पो रिफर गरेकाछन् कि, पत्रकारले समाचार बिचार प्रवाहमा निश्पक्षता अपनाएका पो छैनन् कि , न्याय मुर्तिहरुले सहि न्याय नदिएकापो छ कि र हाम्राराजनीतिक नेताहरुले सही र देशकेन्द्रित नीति पो निर्माण गरिरहेका छैनन् कि, तर सबैलाई अर्काको र स्यंव आफ्नो पनि गल्ति कमजोरीभने राम्रोसंग थाहा । अर्काका थाहा पाइएका गल्ति वा कमजोरीका लागि अड्डा अदालत , दण्ड सजाय वा जेल र सुधार गृहकोपरिकल्पना छ तर आफैलाई थाहा भएका आफ्ना गल्ति कमजोरीको प्रायश्चित गर्ने सुरक्षित र उपयुक्त थलो कहा छ ? अहिले सम्म योकुराको सार्थक परिकल्पना गरिएको छैन त्यसैले गल्तिहरु झन् बढेका छन् तर घटेका छैनन।
यहाँ नेर एउटा संछिप्त कथा थपौं। एउटा गाउमा मन्दिर थियो,त्यहां मुख्य पुजाको दिन गाउभारिका मानिसले दुध चढाउने चलन थियो| एक जना मानिसलाइ चिन्तन आयो आखिर सबैले दुध चढाई हाल्छन म एक जनाले पानी चढाए पनि केहि फरक पर्दैन।त्यो चिन्तनपुजाको दिन सबैजनालाइ एक्कै चोटी आए। परिणाम, मन्दिरमा दुध कुण्ड होइन जल कुण्ड मात्रै भयो,हाम्रो समाजमा पनि त्यहि भएकोहोकी? सबैले अरुले राम्रो गरिहाल्छन नि भन्दै हरेकले आफ्नो क्षेत्रमा दुध चढाउनु पर्नेमा पानी चढाएकाले र हरेकले आ–आफ्ना गल्तिकमजोरीको आत्मसमिक्षा होइनकी अर्कोलाइ दोषारोपण मात्रै पो गरेकाले हाम्रो परिवार, समाज र देशको बिकास भएको होइन कि?
अहिले सबैलाई आफ्ना गल्ति, कमजोरी, अपराध वा भ्रस्टाचारको आत्मसमिक्षा वा प्रायश्चित गर्न पक्कै पनि मन छ। किनकि सबैलाईप्रश्न रहित किसिमले खुशी बन्ने चाहना छ। सबै खालका बिकारहरुले भरिएको मन र मस्तिष्कलाई आत्मालोचना मार्फत धोइपखालीगर्ने र खराब नियतले जम्मा गरेका भौतिक बस्तुहरु स्वोघोषणा गर्ने उपयुक्त बैज्ञानिक र मनोबैज्ञानिक बिधि चाहिएको छ। किनकिमानिस अन्तत खुशी हुन चाहन्छ, देखाउन नमिल्ने अथाह धन र दुखि मन आफैसंग राखेर अहिलेको मानिस खुशी हुन सकेको छै।
सबैले असल काम कसैले सुरु गरिदिएको भए, असल नेता अरु भैदिएको भए, कसै न कसैले यो अफ्ठेरो र बरफको पहाड फोड्ने कामगरिदिएको भए त्यसपछि म पनि लाम लाग्थे भनेर मनमनै सोचिरहेका छन्। तर सबैले यो कुरा मनमै सोच्ने तर आफ्नो स्थानबाट आफ्नोब्यबहारले सानै भएपनि काम सुरु गर्न भने सकेका छैनन्। अर्को हिसाबले यो पनि माथिको कथाको जस्तै सबैले मन्दिरमा दूधको ठाउमापानी हालिरहे जस्तै हो। कसैले दुध हाल्न सुरु गरेका भए म पनि सुरु गर्थे भन्ने जस्तै भएको पो छ कि ?
बिधि र प्रबिधि के हुनसक्लान
यसकालागि छुट्टै नया बिधि र प्रबिधिको आवश्यकता छैन। छ भने केवल सामाजिक बिस्वासक। अहिले सामाजिक विश्वास नै नयाविचार हो। यदि समाज , राज्य, परिवार सबैले आफ्ना गल्तीहरुलाई माफी दिन्छ , प्रायश्चित गर्ने अवसर दिन्छ र भोलिपल्ट देखि कुनैकिसिमको भेदभाव हुदैन भन्ने ग्यारेन्टी विश्वास दिलाउन सकिएको दिनदेखि रामराज्यको सुरुवात हुनसक्छ । अथवा यसो भनौ त्योविश्वास भएमा स्वीस ब्यांकको धन आफै फिर्ता आउछ, देश विदेशमा भयका आफन्तलाई राख्न दिएका लगायतका अन्डरग्राउण्ड धनहोस् वा पानी ट्यांकी र जमिनमुनी गाडिएको धन होस त्यो स्वोघोषणाद्वारा निस्कन सक्छन् । अनि हाम्रो देशको बिकास गर्न अन्यत्रऋण खोज्नु पर्ला र ? यो पक्का हो कि कोहि पनि नेपाली नेपाललाई निकै माया गर्छ। सबै नेपाली देशभक्त पक्का हो। कहिले काहीभएको गल्तीलाई आफ्नो बिरोधिले चकलेट दिंदा बच्चाले आफ्नो बाआमालाइ एकछिनलाई गाली गरेजस्तै मात्रै हो। सबैको त्योबालसुलभ कमजोरीको आत्मालोचना गर्ने स्थान सुरक्षित् गरिदिनु पर्दछ। पूर्व प्राधानमन्त्रि पुष्पकमल दाहालले आफ्नो पहिलोप्रधानमन्त्री कालमा र पछी पनि आफ्ना पनि राजनीतिक कमजोरीहरु रहेको स्वीकारेका थिए। तर अझै पनि उनले ति अरुले भनिदिएकाकमजोरीको जवाफमा मात्रै भनेका हुन् तर उनी आफैले देखेका आफ्ना कमजोरी खुलेर भन्न पाएका छैनन् कि। सायत अरु नेताकोहकमा पनि यस्तो होला।
उदाहरणका लागि यसो गर्न पनि सकिन्। आर्थिक भ्रस्टाचारको कुरालाइ नै लिउ न। हिजो कसले के गर्यो वा गर्न चाहेन त्यो अलग कुराहो। तर अब केहि नया गर्न सकिन्छ। देशको परिस्थिति बिस्वो परिस्थिति संगै बदलिरहेको छ। हालैको एक तत्थ्यांक अनुशार देशलाईअहिले केहि खर्ब ऋणको भारी बढेको छ। यो अवस्थाबाट पार पाउन सबैभन्दा ठुलो कुरा राज्यले नै नया घोषणा गर्नसक्छ। त्यो होनिश्चित समय तोकेर सबैलाइ आफुले अनुचित रुपमा जम्मा गरेको सम्पति यौटा गोप्य रास्ट्रीय खाता निर्माण गरि त्यसमा जम्मा गर्नखुल्ला आह्वान गर्ने, स्वोघोषणा गर्नेको परिचय राज्यले सधै नै गोप्य राख्ने र त्यो दिन देखि उसमाथि कुनै पनि कानूनी वा नैतिक प्रश्ननउठाउने ग्यारेन्टी गर्नुपर्छ र त्यो बिस्वास दिलाउने बैधानिक र प्राबिधिक संरचना निर्माण गर्नुपर्द। यो अख्तियार वा सम्पति सुद्दिकरणजस्तो होइनकी त्यो भन्दा नितान्त नया संरचना र एक पटकका लागि मात्र। त्यो भएमा आफुसंग अनुचित रुपमा जम्मा हुन आएकोसम्पति राज्यलाइ बुझाएर भोलि पल्ट देखि उ खुशी कमाउन र सुख संचय गर्न थाल्ने । झट्ट हेर्दा यो काल्पनिक र आदर्श कुरा लाग्छ तरयो सम्भव छ।
यसको “सदाचार महाकोश” नाम राख्न सकिन्छ र त्यसमा जम्मा भएको रकम देश निर्माणको गौरबमय काममा लगानी गर्नुपर्दछ ताकीहिजोसम्मका गल्ति गर्नेहरु आफुले गल्ति गरेपनि अन्तिममा राज्यले दिएको सच्चिने अवसरमा जम्मा भएको “सदाचारकोष” बाट बनेकोगौरबमय आयोजनाको आफुलाई हिस्सेदार ठानेर खुशी बटुलिरहेको हुन्छ। नत राज्यले फलानो फलानोबाट खोसिएको रकमबाट बनेकोभनिरहनुपर्छ नत जम्मा गर्नेले मैले जम्मा गरेर बनेको भनेर खुलमखुल्ला नै भन्नु पर्द। यदि इतिहासमा दिबंगत भैसकेका केहि नेताहरुलाईयो अवसर भएको भए सायत उनीहरु पनि सास जानु अघि नै त्यसो गर्थे र इतिहासले उनीहरुलाई धिक्कारीरहनु पर्दैनथ्यो। उखान जे सुकैभएपनि कसैलाई पनि जिउदै त के मरिसकेपछी पनि आफ्नो घृणा हुने स्थान राखिरहन मन कसैलाई हुदैन।
यस्तो एउटा घोषणा बनोस
यस्तो घोषणामा सबैको जीत हुनेछ। सदाचार र उच्च नैतिकताको जित हुने। सदाचार र उच्च नैतिकता जाच्ने भौतिक प्राबिधिकसंरचना हुनेछन तर ति सबैले अभेद्य गोपनियता कायम राख्नेछन्। तर यदि त्यो समय सिमा सकिएपछी भने राज्य निर्मम भएर सत्य पत्तालगाउदै सदाचार “स्वोघोषणा” को अबज्ञा गर्नेलाइ गल्तिको पाच गुणा सजाए गर्ने बिधि पनि समानान्तर रुपमा लैजानु पर्द। अख्तियारवा सम्पति सुद्दिकरण जस्ता सस्थालाई त्यो उचाईमा त्यसपछि उठाउन सकिन्छ र त्यो सर्बस्वीकार्य पनि हुने निश्चित नै छ।
एकातिर महामारीको त्रास र अर्को तिर आजीवन आरोप, प्रत्यारोप, अपमान , घृणाको पात्र बन्न कसैलाई मन छैन। सबैलाई आरोपकोआजीवन ट्याग भिरेर र भिराएर दुखि आत्मा भड्काइ रहने अवस्थाको अन्त्य गर्न अनुशासन , सदाचार , आत्मनिर्भरता र स्वाधिनताकोसंयुक्त अभियानको थालनी नै मुख्य कुरा हो। तर यो सदाचारको बिचार लागु गर्ने चाहि कहाबाट ? यो प्रश्नको सहि उत्तर हो हरेकपरिवारले आफ्ना हरेक सदस्यलाइ आत्मसुद्दिकरणको सभ्यता पनि दिउन र त्यो अवसर जुटाई दिउन जहाबाट एक पूर्ण, सस्कार्युक्त रसदाचारी मानवको निर्माण होस् ।
जब सस्कार्युक्त बालक विद्यार्थीका रुपमा अनुशासित रुपमा स्कूल जान थाल्दछ , जब शिक्षक् समयमै गएर पढाउन थाल्दछन , कर्मचारी आफ्नो कर्तब्यपथमा आत्मानुशासन पुर्बक हिड्छ , जब डाक्टरले आफ्नो फी भन्दा बिरामीको अनुहारका खुशी हेर्न थाल्दछ , ब्यापारीले नाफामात्र भन्दा ग्राहकको सेवालाइ प्राथमिकता दिन्छ, पत्रकार इन्जिनीअर् , डाक्टर न्यायमुर्ति आफ्नो पेशामा इमान्दार हुन्छनर नेताहरु जब राजनीतिमा त्यागको ब्यबहार र भावनाले मात्रै आउछन तब न समाज र संसार सुन्दर बन्दछ। त्यस पछी कल्पना गरौ तअहिलेको महामारीले तोकिदिएको डेड मिटर भौतिक दुरी भन्दा बढी दुरी कुनै व्यक्ति–व्यक्तिबीच, समाज समाज बीच वा देश–देशबीचकायम राखिरहन आवश्यक होला र ?
हामीले उदाहरण दिनेहो भने हाम्रा सर्बशक्तिमान नेताहरुको दिनचर्या कस्तो छ? माहामारीले श्रीजना गरेको अहिलेकोपरिस्थितिकाबिचमा पनि उनीहरुको दिनचर्याको अनुकरण गर्न योग्य छैन।बिहान सुर्योदय नहुदै उनीहरुका निवासमा भेटघाटको भिडजारी छ, महामारीले ठुला लाइ र ठुलालाइ भेट्नेलाइ छुदैन जस्तो भान दिदै त्यो लस्कर बिहानभरि हुन्छ, दिउसो देशको लागि दिनु पर्नेखास समयको पनि सदुपयोग हुन पाउदैन र साझ फेरी त्यस्तै भेटघाट र अनाबश्यक कुरामा नै समय जान्। मानौ कुनै आत्मानुशासन नैछैन। आफै आत्मानुशासनमा रहन नसक्ने नेताले गर्ने शासन कसरि सुशासन हुनसक्ला ? यो प्रश्न गर्ने बेला भएको छ।
मानव सभ्यतालाइ अर्को उचाइमा पुर्याउने गरि स्वस्थ्य, आत्मअनुशासित, आत्मनिर्भर, स्वाधीन, सस्कारी, उद्यमशील र स्वोयम्सेवीनेत्रित्व अहिलेको समयले माग गरिरहेको । बिहानको समय आफ्नो लागि दिएर मानसिक र शारीरिक तन्दुरुस्तिको लागि ध्यान, योग , जीम , स्विमिंग र अध्ययन गर्ने, दिउसो समयको आवश्यकताले बिकास गरेका र आधुनिक बिज्ञानले आविस्कार गरेका फाइभ जीकोरफ्तारमा कामगर्ने र आविस्कार हुनबाकी सिक्स जीको आयाम र रफ्तारमा सामाजिक तथा व्यवशायिक जिम्मेवारी बहन गर्न योग्यबनाउने , अनि साझको समय सकारात्मक चेतनाले आफ्नो परिवार, साथीसंगी र समाजलाइ खुशी राख्नसक्ने ब्यबहार र विचारयुक्तव्यक्ति नै यो समयले खोजेको नेत्रित्वो हो। के हामी यो चुनौती र अवसरलाई स्वागत गर्न तयार नहुने ?
अमर मार्गको यात्रा
सबैको यस्तो र उस्तो हुनुपर्छ भनेर अरुमै यस्ता गुण देख्न चाहने मात्रै भयो। हामिसबैमा अरुमा होइनकि आफैमा यो कुराको जीवनशैलीनिर्माण गर्न लाग्नु पर्दछ। यसपछि समाजले प्रश्न गरोस मेरो जीवन शैलीका बारेमा। अरुका लागि होइन मैले आफ्नोलागी , समाजकोलागि र परिवारको लागि यो अनुकुलको जीवनशैलीको अभ्यास सुरु गरिसकेको छु। अहिले शारीरिक रुपमा इम्युन सिस्टम बलियोबनाउने बहस हुन्छ। र त्यसकालागि बेसार पानीको चर्चा समर्थन वा बिरोधमा मात्रै हुन्छ। तर बेसार पानि पिउनु राम्रो हो साथै त्यो अघिर पछी पनि अरु केहि कुरा हुन सक्छ वा गर्न सकिन्छ भन्ने सकारात्मक बहस किन नगर्ने ?
बेसार पानी लगायत भौतिक बस्तु शारीरिक इम्युन सिस्टमका लागि ठिककुरा हो तर शारिरीक इम्युन सिस्टम मानसिक इम्युन सिस्टमबलियो नबनी सम्भव छैन। उदाहरणका लागि हामि रुख काट्नु अघि बन्चरो तिखार्नु परे जस्तै हो। हामीले बन्चरो तिखार्नु भनेको पहिलेमानसिक इम्युन सिस्टम बलियो बनाउनु हो। व्यक्ति, ब्यबशाय वा सिंगो राज्यले नै सोसियल रेस्पोंसिबिलीटि स्वोरुप पहिले मानसिक रसंगै शारीरिक इम्युन सिस्टम बलियो बनाउने योजना निर्माण गर्नु पर्दछ. त्यसपछि व्यक्ति, समाज र देशको बिकास जुनसुकैपरिस्थितिसंग सामना गर्ने क्षमता बढ्ने र बिकास अर्को उचाईमा पुग्ने सुनिश्चित छ।
र अन्त्यमा मृत्यु सत्य कुरा हो। यो सबैलाई थाहा छ। तर थाहा होइन कि बोधको स्तरमा सबैमा हुनेहो र नया जीवंनशैली अपनाउदैमानसिक, शारीरिक र सामाजिक रुपमा तन्दुरुस्त हुदै प्राकृतिक निधनलाइ सचेतना पुर्बक स्वीकार गर्दा पछिल्लो पुस्ताको भन्दाअघिल्लो पुस्ताको निधन पहिले हुने पक्का छ।यो सत्यलाई सस्कार पनि बनाउने हो भने हरेक पहिलो पुस्ताको व्यक्तिले नया पुस्तालाइयो सत्यको बोध गराउदै जान्छ र सबै अमर बन्ने सभ्यताको सुरुवात यहि बिन्दुबाट सुरु हुन्छ।
धन्यवाद








