पुस्तक समिक्षा :कवि उदय निरौला ।

इतिहासका पानामा एक समिक्षा
———————————————-उदय निरौला ।
            धर्म प्रसाद ढकालको संस्मराणात्मक ऐतिहासिक पुस्तक आद्धोपान्त पढे पछि केही प्रतिक्रिया केही समिक्षा लेख्न मन गर्यो म भित्रको मान्छेले ।यो”पुस्तकको नाम इतिहासका पानामा धर्म प्रसाद ढकाल ” रहेको छ।४१३पृष्ठमा समेटिएको संस्मराणात्मक यश पुस्तकमा केही अरू पानाहरूमा माओत्सेतुङसँग हात मिलाएको तस्बिर लगायत अन्य सभासमारोहका तस्बिरहरू र पारिवारिक फोटाहरू पनि छन् ।पछाडिका थप पानाहरूमा धर्म प्रसादको चुनावी घोषणापत्र लगायत केही सन्दर्भशुचि तथा वहाँले पाएका अभिनन्दन एवँ सम्मान पत्रहरू रहेकाछन्।पुस्तक वहाँकि कान्छी छोरी समिरा ढकाल प्राध्यापक तथा साहित्यकारको प्रयासमा प्रकाशन भएको छ।जवकी वहाँले राष्ट्रकै लागि गरेको योगदान हेर्दा र वहाँ  माथि अध्ययन गर्दा यस्तो पुस्तक राष्ट्रले नै प्रकाशन गर्नुपर्ने ,दोस्रो इतिहासमा ,एन्थोपोलोजिमा,उधोगधन्दामा,शिक्षा शास्त्रमा ,सोसियोलोजिमा बिद्यावारिधि गर्ने बिद्यार्थीलाई प्राध्यापकलेहरूले वहाँका विषयमा शोधपत्र तयारी गरी पुस्तक प्रकाशन गर्न एबँ यस्ता विश्वेश्वरप्रसाद कोइराला पछिका सामाजिक मान्छेको विषयमा त्रिभुवन बिश्व बिद्यालयले पाठ्यक्रममा समावेश गर्नुपर्ने समेतको मुल्यांकन मैले यो पुस्तक अध्ययन गर्दा पाँए भन्नु अतिशयोक्ति हुने म देख्दिन।वहाँ अन्तरास्ट्रिय स्तरको ब्यक्तित्व नेपालको तीनताकाको राणाकालीन शासन ब्यवस्थामा होइन भन्ने त सबैभन्दा पहिला नेपालकै मुर्धन्य लेखकहरूका लेखनले स्पस्ट गरेको देखिन्छ ।
       २०००साल अघिका नै आईएसी सम्मको अध्ययन ,अँग्रेजी शिक्षामा बिद्वान ,नेपालका पहिलो उद्योगपति,शिक्षाकालागि बिद्यालय खोल्न र सँञ्चालन गर्न गरेका अथक प्रयासहरू एवँ देशमा रहेको निरँकुस राणा शासन हटाउन खेलेको भुमिका लगायत पहिलो रापस जस्ता कार्यहरूले वहाँ बिश्वेस्वर प्रसाद कोईराला पछिका दोस्रो ब्यक्ति होइनन् भन्ने ठाउँ प्रकाशित पुस्तकले दिएकै छैन।
       समालोचक गणेशबहादुर प्रसाईंले वहाँको व्यक्तित्वको मुल्यांकन गर्दै यस्ता जनप्रीय ब्यक्तिको कम्युनिस्टहरूले किन हत्या गरे?भन्ने प्रश्न पटकपटक उठाएको देख्दा याहाँ वहाँको हत्या हुन पछिको कारणमा केवल नक्सलाइडको सानो जत्था मात्र छ जस्तो देखिँदैन र नै बारबार लेखमा यो प्रश्न लेखकले उठाएको देखिन्छ ।
     त्सबेलाको राजनीतिमा कम्युनिस्टको प्रयोग दरवारले पेनिटेड रुपमा काँग्रेसलाई सफाय गर्ने प्रयोगको रुपमा पनि गरेको छ भनिन्छ ।नेपाली काँग्रेसलाई दरवारले राजा महेन्द्रको भारतीय बिस्तारबादी नीतिसँग जोडेर अराष्ट्रियतत्व घोषणा गरेको छ र नेपाली काँग्रेसका कार्यकर्ताहरू भारतको नक्सलबारी,पटना ,बनारस लगायतका ठाउँमा पलायनहुन बाध्य बनाइएको इतिहास साक्षी छ।पहिलो उद्योगपति बन्नु,धेरै बिद्यालयहरू खोल्नु ,माओत्सेतुङले हात मिलाएर अन्तरास्ट्रिय स्तरमा वहाँलाई  स्वागत गर्नु,नेपाली काँग्रेसमाथि लगानी गर्नु र पुर्वाञ्चल क्षेत्रमा दशैँ जस्तो महान चाडमा राजासँग जस्तो जनता उनलाई राजासरहनै मानेर दिनभरी लाम लागेर पराखोपीमा टीका थाप्न आँउनुले राजालाई आँफुसरह बनिरहेको एउटा जनता नागरिक प्रति सचेत रहनुपर्छ भन्ने चाणक्य नीतिले काम गरेनहोला भन्न सकिँदैन। अनि उनी राजा बिरेन्द्र जस्तो सोझा राजा पनि थिएनन् ।तसर्थ यो योजना उनी चीनमा माओत्सेतुङसँग हात मिलाएर फर्के पछि नै नेपालमा नक्सलाइड भनिने तथाकथित गुटहरू पुर्बका कलेजदेखि गाँउसम्म र खासगरी विराटनगर पुर्ब झापामा मात्र देखिनु र जमिनदारका नाममा बर्ग शत्रु सफाय भनेर बुटन चौधरी जस्ता सोझासिधा मानिसमा प्रयोग गरेर विस्तारमा धर्म प्रसाद ढकालमा थुरिनु र उप्रान्त उक्त आन्दोलन पुन साटसुट हराउनुको कारण ढकालको बढ्दो र उठ्दो ब्यक्तित्वले विश्वेस्वर प्रसाद  कोईरालालाई साथ दिने सँभावना प्रति यो षड्यन्त्र लक्षित देखिन्छ ।किनभने २००७सालका राणा शासनका पुर्वका कमाण्डर भैरव आचार्य इलामका चेमजुङ,नरेन्द्र बाँस्तोला भन्दा पनि अझ शिक्षा तर्फ धेरै चासो दिई जागिरे भएर पनि बिद्रोहीलाई साथ दिएका र झापा जिल्लामा नै धेरै बिद्यालयहरू निर्माण गरेका एवं  अन्य समाजसेवा गरेका भुपालमान सिँहकार्कीलाई राजा महेन्द्रले प्रेमगर्नु तर त्यस्तै धर्म प्रसाद ढकाललाई नक्सलाइडले बर्ग शत्रु ठान्नुले धेरै प्रश्नहरू यो पुस्तकले उठाएको छ।तसर्थ यसको छानबिन वा खोजहुनु एकदमै अपरिहार्य देखिन्छ ।यो पनि मदन भण्डारी र राजा बिरेन्द्रकै हत्या जस्तो रहस्यमय रहेको देखिन्छ ।आधिकारिक रुपमा कम्युनिस्टहरुले पनि यो हत्या यसकारणले गरिएको हो? नभन्नु केवल एउटा उनीहरूलेफाइदा कै रुपमा प्रयोग गरेको हुनुले  पनि धर्म प्रसादको हत्या माओत्सेतुङ जस्तो राष्ट्र प्रमुखसँगको सामिप्यताका कारण होइन भन्ने ठाउँ समग्रमा पुस्तक पढिसके पछि छर्लङ्ग हुन्छ नै अत यो पुस्तक अति उच्चस्तरीय छ,र एउटा नेपालको सपूत राष्ट्र प्रेमी ब्यक्तित्वको बिषयमा प्रकाशित निजी स्तरको प्रथम पुस्तक हो भन्न सकिन्छ ।प्राध्यापक समिरा लुईँटेल लगायत सबै लेखकहरूमा मेरो साधुबाद।

सम्बन्धित शिर्षकहरु