लुतो फ्याँक्ने दिन / कर्कट सङ्क्रान्ति / कामिका एकादशीको महत्त्व – राजन लोहनी

आज साउन एक गते अर्थात लुतो फ्याँक्ने दिन / कर्कट सङ्क्रान्ति /कामिका एकादशी  साथै सूर्य दक्षिणायन आरम्भ हुने दिन हो | साउन महिनालाई आत्म शुद्धीकरण गर्ने महिनाको रुपमा पनि ठूलो महत्व छ | यो महिना श्रावणी नामले पनि प्रसिद्ध छ |  यही महिनामा खीरखाने, जनैपूर्णिमा, गाईजात्रा चाडपर्व पनि यही महिना पर्छ |  यो महिना जगत् पिता महादेवको विशेष पूजाअर्चना, ध्यान गर्ने गरिन्छ | महिलाहरुले प्रकृति जस्तैः हरियो पोशाक लगाउने, शृङ्गार गर्ने गर्छन् भने पुरुषहरुले दाह्री, कपाल नकाटी योगमय बनी आफैलाई खोज्ने कार्य गर्छन् |   साउने/कर्कट सङ्क्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्नसक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन समाजमा चलिआएको छ । कागती, अमिलो, अम्बा, अनार, नासपाती आदि फलफूलहरू चढाएर कण्डारक नामक राक्षसदेवको पूजा गर्नाले खेती, अन्नपात, दाद, लुतो खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । रोग विरुद्ध लड्ने शक्ति दिने जनविस्श्वास रहिआएको छ |

        

साँझमा कुकुर डाईनो, भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनि आदि औषधीजन्य वनस्पतिहरू जलाएर घर–घरका आँगन मा आगो ताप्ने र आगोको अगुल्टो वा कोइलाहरु घरगोठको  चारैतर्फ फाली  वातावरण शुद्ध पार्ने परम्परालाई नै लुतो फ्याँक्ने भनिन्छ | यी जडीबुटीहरुको आयुर्वेदमा ठूलो महत्त्व छ वैद्य सँग परामर्श लिएर यसको उच्चतम प्रयोग गरौं | लुतो फ्याँक्दा  नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकि कुट्ने तथा केहिवेरसम्म घरको ढोका बन्द गर्ने प्रचलन समेत रहिआएको छ। पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याँक्ने गरिन्छ | अर्को अर्थमा लुतो फ्याँक्नु भनेको हामी भित्र भएका विकारलाई त्याग्नु र आफैलाई शुद्धीकरण गर्नु पनि हो |

 

     

उपनिषद् मा पनि भनिएको छ :- “आत्मा वा अरे द्रष्टव्यः श्रोतव्यो मन्तव्यो निदिध्यासितव्यः” ||

अर्थात् श्रवण, मनन र ध्यानबाट जुन एकत्त्वको अनुभव हुन्छ त्यो अवस्थालाई निदिध्यासन भनिन्छ | हामीले पनि जीवनमा धेरै श्रवण, मनन, ध्यानमय बन्नु पर्छ यसैगरी  निर्वाणषटकम् मा पनि भनिएको छ :-

“न मे द्वेषरागौ न मे लोभमोहौ, मदो नैव मे नैव मात्सर्यभावः ||

न धर्मो न चार्थो न कामो न मोक्षः, चिदानन्दरूपः शिवोऽहम् शिवोऽहम्” ||

Image may contain: indoorअर्थात् म मा द्वेष र राग छैन, न त म मा लोभ र मोह नै छ, म मा मद र मात्सर्यको भाव पनि छैन, न म मा धर्म छ न अर्थ छ न त काम नै छ न मोक्ष नै छ । म त चैतन्यस्वरुप शिव हुँ , शिव हुँ | हामी जीवनमा शान्तभावमा रहेर आफु र संसारलाई जान्न तेस्रो चेतनाको आँखा खोल भनिएको हो | | यही अवस्था प्राप्तिको लागि साधना गर्ने श्रावण उत्तम मास हो |  श्रावण महिनाको सोमबारहरु भगवान्  शिवको प्रिय मानिन्छ | मासमा  बोलबम यात्रा पनि गरिन्छ अर्थात् ब्रह्म्म चिन्तनको यात्रा निरन्तर गरौं  | हामीले जल, प्रकृति, वन, जङ्गल, जडीबुटी सबैको रक्षा गर्नुपर्दछ | धेरै रुख रोपौं, नेपालको माटो बचाउने काम गरौं | शिवको प्रिय भनेको नै जलधारा हो हामीले पनि शिवमय भएर कर्म गरौं |

लुतो के हो ?

लुतो छालामा लाग्ने र अत्यधिक चिलाउने एक प्रकारको सबैमा देखिने सरुवा रोग हो । यसलाई अंग्रेजीमा स्केबिज भनिन्छ । यो बच्चा बुढा जो कोहीलाई पनि लाग्नसक्छ । यो सार्कोप्टेस स्क्याबी नामक परजीवी द्वारा लाग्दछ । १५ देखि २० वटा परजीवी लुतोको समस्या ल्याउनका लागि पर्याप्त हुन्छन् । एसको समस्या विश्वका सबैजसो गर्मी ठाउँहरुमा देखिएको छ । परिवारमा एकजनालाई यो रोग भयो र समयमै उपचार गरिएन भने परिवारका सबै सदस्यलाई यो रोग सर्दछ । लुतो धेरै जसो शरीरका विभिन्न भागका  जस्तै:  ‍औंलाको काप, पुरुषको अण्डकोष एवं महिलाको योनिको वरिपरि, हत्केला तथा पैतालामा, काखीमा, स्तनको तल्लो भाग तथा काँधमा हुनेगर्छ । लुतो आएको स्थानमा बढी घ्रर्षण वा चलाएमा छालामा घाउ समेत हुन सक्ने र त्यसले अन्य संक्रमण निम्त्याउने र पाक्ने पनि हुन्छ ।

लुतोको प्रकार

सुके लुतो :- यो लुतो प्रभावित छालामा ससाना धनु जस्तै: सेता दाग सोझै आँखाले देख्न सकिन्छ । यो लुतोले दिउँसो भन्दा रात मा बढ्ता सताउँछ ।

पकुवा लुतो :- लुतो आएको ठाउँमा बढ्ता कन्याउने गर्नाले वा अन्य जीवाणुको संक्रमण हुनाले लुतो भएका ठाउँमा पाकेका विबिराहरु देखिन सक्छन् ।

लुतोको लक्षणहरु :- चिलचिलाहट, मसिना विबिरा तथा अन्य संक्रमण बाट पाक्ने र पानी बग्ने समस्या ।

लुतोको औषधी रासायानिक र घरेलु दुवै विधिबाट गर्न सकिन्छ |  तितेपाती र नीमको धेरै प्रयोग गरिन्छ  | नीमको तेल, साबुन अनि लेपहरुले लुतोको उपचारको लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। प्रयोगशालामा समेत नीमका अवयवहरुले लुतोका जीवाणुहरु मार्ने सिद्ध भएको छ । नीमका स्याम्पु, साबुन आदि बिभिन्न उत्पादनहरु प्रयोग गर्नाले कुनै हानिनोक्सानी बिनानै लुतो निको पार्न सकिन्छ । नीमका बिरुवाहरु सहजै गाँउघरमा पाइन्छ, सामान्य पातहरुमात्रै पनि पिसेर लेप शरीरमा लगाउनाले लुतो कम हुने छ । नीमका साथै शुद्ध बेसार पनि लेपमा प्रयोग गर्न सकिन्छ । अन्य घरेलु उपाय पनि छन् वैद्यको सल्लाह अनुसार गर्न सकिन्छ |

नेपालमा पनि लामो समयदेखि लुतो लागेको छ जसको रोकथाम होइन समुल अन्त हुन जरुरी देखिएकोको छ | नेपालमा २००५-२००७ तिरबाट विदेशबाट बिनारोकतोक भित्राइएको विभिन्न दर्शन, सिद्धान्त, मताग्रह, वादको लुतोले परिवार, समाज, राष्ट्र नै संकटमा परेको हामीले भोगेका, देखेका छौं | यसलाई निराकरण र नष्ट गर्न हाम्रो समाजमा रहेको वेद, उपनिषद्, गीता  साथै विभिन्न हाम्रा धार्मिक ग्रन्थ, सभ्यता, अभ्यास आदिको मूल सहृदयता दर्शन; त्यसैमा आधारित राजनीतिक सिद्धान्त राज्यराष्ट्र, समाज विकासको सिद्धान्त स्थितिगत्यात्मक प्रगतिवाद, आधुनिक गुरुकुलीय शिक्षा पद्धति, आयुर्वेदिक स्वास्थ्यनीति, सहृदयी अर्थतन्त्र, मौलिक संस्कृतिनीति आदिको व्यावहारिक प्रयोग गरी देशको लुतो फाल्न हामी सबै एक हौँ |  

Image may contain: 1 personआज कामिनी एकादशी अर्थात् आज जगतका पालनहार भगवान् श्रीहरि विष्णु, माता तुलसी देवीको विशेष पूजाअर्चना गरिन्छ | यो एकादशीमा स्वच्छ मन, स्वस्थ तन अनि शान्त पृथ्वीको कामना गरिन्छ |  आज देखि सूर्यदेव दक्षिणायनको प्रारंभ हुन्छ | यस समयमा  धार्मिक मान्यता अनुसार  देवताहरुको  रात्रि शुरु हुन्छ। दक्षिणायनमा रात लामो हुन शरु हुन्छ र दिन छोटो हुन थाल्दछ | सूर्यदेव दक्षिण तर्फ गति गर्नुहुन्छ | दक्षिणायनको समय, व्रत, उपवासको लागि सर्वश्रेष्ठ हुन्छ। सूर्यदेव दक्षिणायन भएको समयमा  विवाह, उपनयन आदि शुभ कार्य निषेध गरिएको छ |

थप जानाकारीको लागि पुज्य गुरु डा. चिन्तामणि योगीको भिडियो हेर्नुहोला | धन्यवाद: |

सम्बन्धित शिर्षकहरु