१ करोड ५९ लाख नाघ्यो, एकैदिन २ लाख ८८ हजार कोरोना संक्रमित थपिए

काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ८८ हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण देखिए छ ।

शनिबार बिहानसम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५९ लाख ३० हजार ६७१ पुगेको हो । कुल संक्रमित मध्ये ६०.९८ प्रतिशत संक्रमित उपचारपछि निको भएको वर्ल्डोमिटर्सले जनाएको छ । विश्वभर संक्रमण मुक्त हुनेको संख्या ९७ लाख १५ हजार ९८३ छ ।

पछिल्लो २४ घण्टामा ६ हजार १८२ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ४१ हजार ८६८ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ९५४ जनाको मृत्यु भएको छ । २७ लाख ५२ हजार ३६२ जना संक्रमित भएकोमा १६ लाख ५१ हजार १७३ जना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित शिर्षकहरु