स्वस्थ रहन कति र कसरि सुत्ने !(भिडियो) सहित

निद्रा हाम्रो जीवनको अमृत हो र विष पनि । सन्तुलित निद्रा जीवन दायीनी हो भने , कम/ बढी सुत्नु, दुवै विष सरह हो ।

स्वस्थ सुत्ने विषयको प्रसङ्ग आउँछ, हरेकको दिमागमा एउटा प्रश्न आउँछ । कति घन्टा सुत्दा शरीरलाई उपर्युक्त हुन्छ ? उमेर र विभिन्न व्यक्तिको जीवनशैली अनुसार सुताईमा भर पर्छ ।
अत्यधिक सुत्ने मानिसमा कस्ता कस्ता समस्या देखापर्छन् त ?

· मधुमेह – अध्ययनले के देखाएको छ भने एक रातमा ९ घण्टा भन्दा बढि समय सुत्ने मानिसहरुमा मधुमेहको समस्या देखा पर्ने खतरा ७ घण्टा सुत्ने मानिसमा भन्दा ५० प्रतिशत बढि हुन्छ ।

· मोटोपन – अध्ययन अनुसार एक रातमा ९ देखि १० घण्टा सम्म सुत्ने मानिसमा ७ देखि ८ घण्टा सुत्ने मानिसमा भन्दा मोटोपनको समस्या देखापर्ने खतरा २१ प्रतिशत बढि हुन्छ ।

· मुटुरोग – बढि सुत्ने मानिसमा मुटुरोगको समेत खतरा बढ्दछ । अध्ययन अनुसार हरेक रात ९ घण्टाभन्दा बढि सुत्ने मानिसमा मुटुरोगको समस्या ३८ प्रतिशतले बढ्दछ ।

· डिप्रेसन – बढि सुत्ने बानीले डिप्रेसनको समस्यालाई झनै बल्झाउँछ । डिप्रेसनलाई कम गर्न छरितो तथा नियमित निद्रा आवश्यक पर्छ ।

· टाउको दुखाइ – बढि सुत्ने मानिसमा टाउको दुख्ने समस्या समेत देखापर्छ । बढि निद्राले गर्दा मस्तिष्कमा सेरोटोनिन भन्ने रसायनको असन्तुलन पैदा गर्छ जसको कारण टाउको दुख्छ ।

· ढाड दुख्ने – बढि सुत्ने मानिसमा ढाड दुख्ने समस्याले समेत सताउँछ । बढि समयसम्म सुत्दा ढाडको भागमा बढि चाँप पर्ने भएकाले रक्तनली तथा मांशपेशीमा हानी पुग्ने र ढाड दुख्ने समस्या देखापर्छ । यसका साथै आवश्यकता भन्दा बढि सुत्ने
बानीले मानिसको अनुहारको छाला फुंग उडेको जस्तो देखिने, आलस्यपन बढाउने, आँखाको बाहिरी भाग सुन्निएको जस्तो देखिने तथा समग्रमा व्यक्तिको आयु छोट्याउने विज्ञहरु बताउँछन् ।

कति समय सुत्नु उपयुक्त ?

‘स्लिप हेल्थ जर्नल’मा प्रकाशित अनुसार कुनै पनि व्यक्ति स्वस्थ रहन निम्न समय सुत्नुपर्छः

· नवजात शिशु दिनमा १८ घण्टासम्म

· स्कुले केटाकेटी १० देखि ११ घण्टासम्म

· किशोरकिशोरी १० घण्टा

· वयस्क ७ देखि ८ घण्टा

युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका मनोविज्ञान प्राध्यापक वाकरले थुप्रै अध्ययनमा सहभागी भएका लाखौँ मनिसको तथ्याङ्क अध्ययन गरेका छन्।

“निद्रा सबैभन्दा प्रजातान्त्रिक र निःशुल्क उपलब्ध सबैभन्दा राम्रो स्वास्थ्य सेवा प्रणाली हो,” उनी भन्छन्।

पचास वर्षको अध्ययन एवम् अनुसन्धानपछि अबको विषय ‘निद्राले हामीलाई के गर्छ’ भन्ने होइन कि ‘निद्राले फाइदा नगर्ने केही छ कि’ भन्नेमा केन्द्रित हुन थालेको छ।


अहिलेसम्म अध्ययनकर्ताहरूले निद्राले फाइदा नगर्ने स्वास्थ्यसम्बन्धी कुरा पत्ता लगाउन सकेका छैनन्।

विज्ञानले अहिलेसम्म पत्ता लगाएको कुरो भनेको निद्राको अभावमा हाम्रो शरीर र मस्तिष्कमा नाटकीय असर गर्छ भन्ने हो।

विकसित मुलुकमा मानिसहरूको ज्यान लिइरहेको अल्जाइमर्स, क्यान्सर, मुटु र धमनीसम्बन्धी रोगहरू, मोटोपन, डिप्रेशन, चिन्ता र आत्महत्याको पनि निद्राको अभावसँग केही न केही सम्बन्ध पाइएको छ।

निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीहरूको ‘नवीकरण’ हुन्छ। निद्रा पुगेन भने तिनमा असर पर्छ।

तर निद्रा भने प्राकृतिक हुनुपर्छ। निद्राको औषधिले क्यान्सर, सङ्क्रमण र मृत्युको सम्भावना बढाउँछ।

हामी कम सुत्छौँ,
मीठो निद्रा कसरी पार्ने?
निदाउनु भनेको तकियामा टाउको राख्नु मात्रै होइन। विश्वका धेरै मानिसहरूलाई निदाउन गाह्रो हुन्छ।

विश्वका धेरै ठाउँमा हिजोआज अँध्यारो हुँदैन। किनभने हामी धेरैजसो कृत्रिम उज्यालोमा समय बिताउछौँ । अहिले हाम्रो जीवनमा धेरै धपेडी पनि हुन्छ।

अनि हामी नपुगेको निद्रा पुर्‍याउन खालि समयको सदुपयोग पनि गर्दैनौँ। “गएको समय गयो,” प्रा. वाकर भन्छन्।

तर निदाउनका लागि हामी आफैँलाई प्रशिक्षित गर्न सक्छौँ। वैज्ञानिकहरू भन्छन् – हामीले आफ्नो बानी परिवर्तन गर्‍यौँ भने राम्रो परिणाम तुरुन्तै देखिन्छ।

‘ह्वाई वी स्लीप (हामी किन सुत्छौँ)’ पुस्तकका लेखक प्रा. वाकरले निम्न सुझाव दिएका छन्:

१.सुत्ने र उठ्ने समय नियमित बनाउनुहोस्
थाल्न सजिलो छ: सधैँ एउटै समयमा सुत्न जानुहोस् र उठ्ने समय पनि नियमित होस्।

सबैभन्दा महत्त्वपूर्ण कुरा जागा रहने समय निश्चित राख्नु हो। यसले गर्दा शरीरले सुत्ने समयमा निद्रा पार्न सहयोग गर्छ।

२. अँध्यारोमा बस्नुहोस्
निद्राका लागि आवश्यक महत्त्वपूर्ण हार्मोनका लागि शरीरले अँध्यारो खोज्छ।

विकासको एउटा नराम्रो पक्ष भनेको हामी निरन्तर उज्यालोमा हुन्छौँ। सुत्नुअघि कोठाको उज्यालो कम गरेर हामी अँध्यारो बनाउन सक्छौँ।

यसको अर्थ मोबाइल वा टीभी वा कम्प्युटरको स्क्रीनबाट पर रहनु पनि हो। स्क्रीनले ‘नीलो प्रकाश’ निकाल्छ जसले निद्राको हार्मोन मेलटोनिनको प्रभावलाई निस्तेज पारिदिन्छ।

त्यसैले सुत्नुभन्दा एक घण्टा पहिल्यै नीलो प्रकाशका स्रोतहरू बन्द हुनुपर्छ।

३.तापक्रम घटाउनुहोस्
प्राकृतिक रूपमै तापक्रम २४ घण्टाभित्र कहिले कम कहिले बढी हुन्छ। तापक्रम घट्दा निद्रा पनि पर्छ।

तर हिजोआज हामी एउटै तापक्रममा बस्न खोज्छौँ।

निद्रा पर्न हाम्रो मस्तिष्क र शरीरको भित्री तापक्रम झन्डै एक डिग्री सेल्सियसले घट्नुपर्छ।

त्यसैले तापक्रम नियन्त्रण गर्न मिल्ने अवस्थामा १८ डिग्री सेल्सियसमा सुत्नुहोस्।

४. ओछ्यान सुत्नका लागि मात्रै
त्न र अन्य सीमित क्रियाकलापका लागि मात्र ओछ्यानमा जानुहोस्। खाना खान, पढ्न वा खेल्न होइन।

हाम्रो मस्तिष्कले छिट्टै दुई वस्तुबीच सम्बन्ध स्थापित गर्छ। त्यसैले हामीले ‘ओछ्यान सुत्नका लागि हो’ भन्ने सन्देश दिनुपर्छ।

यदि ओछ्यानमा २० मिनेटसम्म निदाउन सकिएन भने उठेर केही बेर हिँड्ने, पढ्ने वा अरू केही काम गरेर अलमलिनुपर्छ। त्यसो गर्दा फेरि सुत्न सजिलो हुन सक्छ।

५. कफी कम खानुहोस्
दिउँसो हामी कोला, कफी, चिया वा अन्य पेयपदार्थ पिउँछौँ। तिनमा हुने क्याफिन र थिनजस्ता तत्त्वले हाम्रो स्नायुप्रणालीमा रमाइलो प्रभाव देखाउँछन्।

तर प्राध्यापक वाकरको सल्लाह यस्तो छ: सुत्नु १२ घण्टाअगाडि मात्रै कफीजस्ता पेय पदार्थ पिउनुहोस्।

कफीको ‘हाफ लाइफ’ हुन्छ। त्यसैले यसको प्रभाव छ घण्टासम्म आधा र नौ घण्टासम्म तीनचौथाइ एक्प्रेसो खाएजति बाँकी हुने उनी बताउँछन्।

त्यसैले सुत्ने बेलामा रगतमा कफीको मात्रा बाँकी नभएकै राम्रो हुन्छ।

६. मदिराबारे विचार गर्नुहोस्
प्राय: मानिसहरू मदिराले निद्रा पार्छ भन्छन्।

तर यो सत्य होइन।

मदिरा पिएर लागेको निद्राले स्वास्थ्य र सपनालाई राम्रो गर्दैनन्।
७ ध्यान गर्नुहोस्
सुत्नु अघिन ध्यान गर्दा मनलाई स्थिर हुन सघाउंछ ।स्थिर मन नै आनन्दित भएर सुत्न सकिने आधार हो ।

 

सम्बन्धित शिर्षकहरु