असनेपालन्युज । कृषि सभ्यताको प्रारम्भ भएदेखि कै मानिसले बचाउंन सकेको एक मात्र अन्न जौं । जुन मानव श्वास्थ्यका लागि अत्यन्त उपायोगी मानिन्छ । यस बाट उमारिएको जमरा अझ उपायोगि हुन्छ । जमाराको महत्व अत्यधिक हुने भएकाले नै पुर्व
ज हरुले यसलाई पर्वको एक अभिन्न अङ्ग बनाउंन सल्लाह दिंदै आएका हुन्।
जमरा शिरमा लगाइनुको आफ्नै धार्मिक महत्व भएपनि यसमा निहित औषधीय गुण जब थाहा पाउंनु हुन्छ तब तपाईं जमारा खोजी खोजी उपयोग गर्नु हुनेछ । जमरा एक महत्वपूर्ण आयुर्वेदिक औषधिसमेत हो जसले स्वास्थ्यका लागि निकै फाइदा पु(याउँछ । यसको जुसमा शरीरका ७० प्रकारका रोग निको पार्ने क्षमता रहन्छ । यसलाई सुकाएर राख्नि निमोनिया भएको विरामिलाई घोटेर खुवाउंदा निमोनिया पूर्ण निको भएका थुप्रै अनुसन्धान रहेका छ्न्।
जमारा बनाउंने तरिका, महत्व( भिडियो सहित )
विशेषत जमराको रुपमा जौं, गहु राख्ने गरिन्छ । १० दिनमा तयार हुने गहु, जौं लगायतका अन्नको अंकुरको प्रयोग

अत्यन्तै फाइदा जनक समेत छ । जमारामा पौष्टिक देखि अन्य तत्वहरु पाइन्छन् जो प्रयोगका लागि निकै फाइदाजनक छ ।
जमरामा जुसमा पाउने पौष्टिक तत्व हुने तर, तीतो नुहुँने भएकोले प्रयोग जुसको रूपमा सकिन्छ । यसमा अर्गा्निक र सोडियाम हुने भएकोले जलवियोजनको समस्या भएकाहरुलाई निकै फाइदा गर्छ । प्रत्येक एक ग्राम जौका जमरामा ७७५ मिलिग्राम अर्गा्निक सोडियम हुन्छ । यसले रक्त प्रवाहमा हुने क्याल्सियामलाई रगतसँग घुलिएर वग्न मद्दत गर्छ । शरीरका जोर्नीहरुमा जम्मा हुने क्याल्सियामपन घोलिन मद्दत गरी नसाहरु सन्तुलित राख्छ ।
अमेरिकाको विज्ञान प्रविधि स्रोत अनुसन्धान संस्थाले गरेको अनुसन्धानअनुसार भिटामिन, खनिज, क्लोरोफिलको हुन्छ । यसमा गाईको दूधमा भन्दा ३० गुना बढी भिटामिन बि, तथा पालुङ्गोको भन्दा ३ दशमलव ३ गुना भिटामिन पाइन्छ । त्यस्तै ६ दशमलव ५ गुनावेसी क्यारोटिन, ५ गुना बढी आइरन पाइन्छ । त्यस्तै गाईको दूधमा भन्दा ११ गुना बढी क्याल्सियम, सुन्तलामा भन्दा ७ गुना बढी भिटामि
न पाइन्छ ।
जमरा उमारेर नियमित रुपमा त्यसको रस पिउँदा निकै लाभ मिल्छ । किनभने यसमा पोषक तत्व पाइन्छ, जसमध्ये क्लोरोफिल अधिक हुन्छ । त्यसका साथै प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियम र कार्बोहाइड्रेट्सको राम्रो स्रोत हो, गहुँको जमरा ।
जमाराका फाइदा
जमराको जुस सेवन गर्दा स्वास्थ्यमा फाइदा गर्छ । खासगरी मुख तथा दाँतसम्बन्धी समस्या हटाउन, रगतमा चिनीको मात्रा नियन्त्रित गर्न, पाचन यन्त्र बलियो बनाउन, कलेजोलाई स्वस्थ्य राख्न गहुँको जमरा उपयोगी हुन्छ । त्यसका साथै कतिपय छालाको समस्या र केसको समस्यामा पनि गहुँको जमरा लाभदायक हुन्छ ।
गहुँको जमरा त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । साथै यसबाट रस निकालेर पिउन पनि सकिन्छ । गहुँको जमराको जुस बनाएर पिउँदा स्वादिलो हुन्छ ।
जमाराको जुसको लाभ
आठदेखि दश वटा गहुँको जमरा जरामै काटेर राम्ररी धुने । अब यसलाई कुटेर रस निकाल्ने ।

अब एक सफा कपडामा त्यसलाई राख्ने र निचोर्नुपर्छ । यसको रस कुनै गिलासमा राख्नुपर्छ ।
यो जुसमा थोरै तुलसीको रस चुहाइदिन सकिन्छ । साथै मह र अदुवा पनि मिश्रण गर्न सकिन्छ ।
यो जुसमा थोरै पानी मिसाउनुहोस् । अब जुस पिउन सकिनेछ ।
पिउंने तरिका
यदि तपाई कुनै रोगबाट ग्रसित हुनुहुन्छ भने प्रतिदिन तीसदेखि पचास एमएल जुस पिउनुहोस्, दिनमा दुई पटकसम्म ।
सुरुमा गहुँको जमराको रस थोरै पिउने र क्रमस मात्रा बढाउँदै लाने ।
एक हप्तामा कम्तिमा पाँच दिन यसको सेवन गर्नुपर्छ ।
जमारा दशैंको बेलामा मात्र उमार्नुपर्छ भन्ने छैन । स्वास्थ्यका हिसावले यति धेरै फाइदा पुग्ने भएपछि त जमारा सधै उमारेर यसको प्रयोग गर्न सकिन्छ । यसकालागि घामको किरण नपर्ने स्थानको प्रयोग जरुरी छ ।
जमाराको वेफाईदा
जमारा को वेफाईदा
गर्भ वतिले ग्रहण गरेमा आमा बच्चालाई हानि गर्छ ।
अस्पातालमा सुतेका विरामि रगत दीईरहेका र अत्यन्त कमजोर रहेका व्यक्तिहरुले सेवान गर्नु हुंदैन ।
जमाराको जुस बाट यसरि अमृत बनाउं ,सतायु बाचौं
https://fb.watch/8HelM5X_lp/








