डब्लुएचओसँगको सम्बन्ध तोडेको राष्ट्रपति ट्रम्पको घोषणा

काठमाडौं । अमेरकि राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग अमेरिकाको सम्बन्ध तोडेको बताएका छन् ।

ट्रम्पले डब्लुएचओ चीनको कठपुतली बनेको आरोप लगाउदै अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।

ट्रम्पले डब्लुएचओमा व्यापक सुधार गर्न अनुरोध गरिएको भएपनि त्यो हुन नसकेको आरोप लगाएका छन् ।

उनले अहिले डब्लुएचओ अहिले पूर्णरुपमा चीनको नियन्त्रणमा रहेको बताउदै अमेरिकाले धेरै पैसा सहयोग गर्नुको कुनै अर्थ रहेको बताए ।

ट्रम्पले कोरोना भाइरस शुरु भएपछि नै चीनमाथि कडा प्रहार गर्दै आएका थिए । चीनले महामारी नरोकेको र विश्वभर कोरोना फैलाएको आरोप लगाउदै आएका छन् ।

उनले यस अघि ३० दिनको अल्टिमेटम दिदै सुधारको प्रतिबद्धता गर्न आग्रह गरेका थिए ।

ट्रम्पले अब डब्लुएचओलाई दिदै आएको सहयोग विश्वका अन्य स्वास्थ्य सम्बन्धि एजेन्सीलाई दिने घोषणा गरेका छन् ।

सम्बन्धित शिर्षकहरु