प्रशान्त कै ढिस्कोमा उभिएर

प्रशान्त !अँ हिजो समय चिसियो तिम्रा किनारामा र अधुरै कथा छाडेर म तिमीलाई एक्ल्याँउदै पन्छिएँ ।ऐले तिम्रो गमन अलिकति कथातिर, अलिकति वर्तमान र थोरै भविष्यको भुगोलतिर पनि वेगहानिरहेको तिम्रा स्निग्ध र गतिवान छालहरूले तिनका छलाँगका उछिट्टिरहेका बाछिटाहरूलेअाभास गराईरहेको यश क्षण तिम्रै किनारामा उभिएर उड्दै बस्दै गर्ने यी सिइगल्स अनि किनारामा उच्छिट्टिँदै अाउने र जाने संङ्खेकिराहरूले पनि मलाई कताकता इन्ट्युसन गराएको महशुस भैरहेछ।त्यसैले तिमीलाई सुनाइदिँउ मेरा माटोमा फलेका ,फुलेका र हुर्कँदैगरेका वट- वृक्षका नितान्त नुतन नमुनाहरू, नुतन शिपहरू र नुतन पर्फ्युम र अत्तरका चुवाहरू, सुनक्यावराहरू अनि कनकचम्पाहरूका सुवासहरू पनि ताकि समेट तिमी तिम्रो अनन्त फैलिएका धारहरूमा,छालहरूमा र छरिदेउ कण्कण् बालुवाका ढिस्काहरूमा र उमारीदेउ अाउने घामका अाँखाहरूमा।यहि छ, प्रीय प्रशान्त !मेरो निवेदन तिमीलाई।दर्ता गरेको छु तिम्रो निलो जलाशयमा।देखिरहेछु प…र अाइरहेको बीसौं तलाका पानी जहाजहरू अनि झ्यालबाट हात हल्लाइरेका पर्यटकीय किरणहरूलाई पनि बेलाबेला ,सायद तिम्रो ऊ किनाराकाहरू यश किनारामा छाडिरहेछौ तिमी संबृद्दिहरू। अादान प्रदानका हातहरू हुनसक्छन् ,ती हल्लाउँदै जहाजका खाँखीझ्यालहरूमा।यश नगरीबाट उस नगरी पुन उस नगरीबाट यश नगरी खेलाईनै रहन्छौ तिमी , यही नै तिम्रो उत्कट उत्कृष्टता पनि हो र हो नुतनता पनि उहीँ पुरातन लयमा सजिँदासजिँदै पनि।प्रशान्त !सुनाउँदै थिएँ ,हिजो मैले अनवरत तपस्या रत ती मेरै माटोले सजाएका बाँसका चोया र बातामा,साल र नरीवलका पातहरूमा सजिएका घलेबाहरू र असंख्य मगरनी दिदीहरूका शीपका कथाहरू ,व्ययथाहरू अनि कागज र मशीले पोतिएका कैयौं श्रष्टाका माउ लागेका प्रतिभाहरूका सिर्जनाहरूको बिषयमा र सजाईनै रहेछु अहिले पनि तिनीहरूकै नथाक्ने जीवनशैली तिम्रो यो निलो पानीमा ताकि छचल्किरहुन सदैव उनका प्रतिवम्ब अाउने पुस्ताहरूका निमित्त अर्जुनहरूको गाण्डिव र धनन्जयझैँ युगयुगसम्म।अँ !छुट्टिने बेलाको साँझ हिजो नारायण गोपालको अमिट र सुमुधुर श्वर बजिरहेको थियो ,तिम्रा यस किनाराको रेस्टुरेन्टमा ,कुनै मेरै माटोबाट सपना बोकेर तिमीसम्म अाईपुगेकी नेपाली अवलाको मोबाइलबाट।रातभरि पनि त्यही धुन गुञ्जिनैरह्यो गुञ्जिनैरह्यो मेरो कानमा , छातीमा र गलामा। गुञ्जिरहन्छ मेरै माटो कानमा थाहा छैन किन होला!जब कि तिम्रा किनारका हातहरूले सजाएको यो डार्लिङ् हार्वर बोन्डाइ र म्यान्ली यति धेरै सुन्दर छन् तापनि बुझ्नै सकिरहेको छैन मैले म भित्रको मान्छे ,जान्नै सकिरहेको छैन मैले म भित्र कस्तो कान भएको मान्छे छ देख्दैन याँहा गुडिरहेेका ट्रामहरू, मेट्रोहरू अनि सुन्दर अनुपम गगनचुम्बि महलहरू अनि कस्ता आँखाछन् उसका देख्दैन यहाँका विज्ञानको अाभुषणले सजिएका अनेकन सुन्दर पार्कहरू ,सडकहरू अनि शान्त ट्राफिकहरूले पनि र छुँदैन उसलाई ढकमक्क फुलाइएका ती रेष्टुराँ र होटलका प्लास्टिकका फूलहरूले पनि।अाश्चार्य लागरहेछ मलाई प्रशान्त मलाई ।किनहोला?प्रश्नको उत्तर खोजिरहेेछु म तर दिनसकेका छैनन् म्याकमा रमाउँदै र खेल्दै गरेका ती ससाना बालकहरूले पनि अनि दिइरहेका छैनन् ती पपमा वाइन पिइरहेका ती वृद्धवृद्धहरूले पनि अनि त्यो सुन्दर स्टेडियममा खेलिरहेका युवयुवतीहरूले पनिसायद यो प्रश्नको उत्तर नपाएरै र नलिएरै म फर्कनेछु मेरो माटोको पहाड।अँ प्रशान्त !तिम्रो काखको वैलिङगङ् पनि कति सुन्दर सजिएको छ मन्दिर पार्कहरू, बगैँचा र प्रस्तरहरूले बनेको छ मेरै माटोले हुर्काएको, बढाएको र पुजेको विष्णु मन्दिर सम्पन्न, शान्त अनि स्निग्ध तर पनि म भित्रको मान्छेलाई छुन सकेको अाभास मैले पाइरहेको छैन ती बिम्ब र प्रतीकहरूले पनि। सुन्दरता सबै थोक भएर पनि केही केही चैँ होइन रहेछ अलिकति मममता स्नेहमा माटो नै नजिकहुँदोरहेछ भन्ने कताकता भित्र भैरहेछ, नहुुनसक्छ सबैलाई त्यो मेरो नितान्त अनुभूति पनि हुन सक्छ ,नितान्त निजि गुण र नैसर्गिक स्वभाव।

म पनि गजवकै मान्छे कताहराउन पुगेँछु म “साँझसँङ्सँगै -उपन्यासका श्रष्टा अर्जुन निरौला” र ब्रम्हपुत्रको किनारातिर थिएँ अनि उपन्यासकारको मन गोड्न अक्षम बनिहेको थिएँ अनि उनकै शिशिरको बतास उपन्यासका नायक खेमुलाई नियालिरहेको र पर्गेलीरहेको थिएँ ।कति दार्शनिक र भावुक त्यो नायक।जीवनको अन्तिम चरणको अर्जुन निरौला हो वा हुनपर्छ नायक खेमु निचोडमा लाग्छ मलाई ।प्रशान्त यस्तो छ,यो साहित्यको यात्राको पच्याँङ।धेरै कुईनेटाहरू , खोंचहरू, र नदी गड्तीरका गोरेटोहरू हिँड्नु पर्छ पिठ्युँमा थुप्रै भोक्चा र बोराहररू लादेर,कठिन छ हिँडिरहन र छिचोल्न कुइनेटाहरू।यात्राकै क्रममा २०५१तिर समालोचक राजेन्द्र सुवेदीले भन्नुभएको थियो”उदयजि तपाईं निबन्ध पनि लेख्नुहोस राम्रो छ लेखाइ”मैले लेखेँ पनि। सायद वहाँ प्रखर निवन्धकार भएर पनि हुनसक्छ वहाँले मलाई भनेको पनि।वहाँ उत्साहको पेट्रोल खन्याईरहनेे एक विद्वान श्रष्टा मेरालागि नमन छ वहाँलाई।
क्रम भङ्ग भएछ म त २०४५सालतिर मात्र पुगेको थिएँ, सरि। अब मलाई सदैव लेख्न उर्जा प्रदान गर्ने मध्येका स्वर्गीय कवि तथा बगर साहित्यिक पत्रिकाका सम्पादक नकुल सिलवाल पनि थिए।झोला सायद उनको कविताको शिर्षक हो सर्व प्रथम।साहित्यमा।उनलेे धेरैलाई प्रोमोट गरेका छन् लेखजमा मैले नाम लिँदा कसैको अहंकारमा बिर्कोलाग्न सक्छ तसर्थ नलिँउ ऐले लिनपर्ने उपयुक्त समय अाएछ मान्छेको श्वार्थी र अहंबादी प्रबित्तिले बढ्तै हाँक दिन थालेछ भने तीनताका छापिन नपाएर बगर पत्रिकको शरणमा पुगेका ऐले मै हुँ भन्नेको नाम लिन पनि पर्ला अन्यथा नलिँउ ती नामहरू तर तिनीहरूलाई साहित्यमा बामे सार्न सिकाउने एक दर्जनबढीले उनका निम्ति दुई थोपा मशी पनि खर्चन नसकेको देख्दा साहित्य भित्र पनि यस्ता कु्र प्रवित्तिहरू हावि भइरहेको पनि दावी गर्न सकिन्छ । जेहोस नकुल अाँफू कवि भएर कवितामा नै सुत्ने कवितामानै उठ्ने मान्छे थिए।उनले २०४५सालमा “अाजको मान्छेको कविता शिर्षकमा बगरको विशेषाङ्क प्रकाशन गरेको छ ,यो नेपाली साहित्यको कविता विधामा प्रथम माइलोस्टन विशेषाँङ्क होइन भनेर कसैले भन्ने ठाउँ छैन ।यो विशेषङ्क नै बगरको खास पहिचान हो अरू विशेषाङ्कका तुलनामा। नकुल सिलवाल मार्फत मैले पनि धेरै साहित्यकार मित्रहरू र पुराना केही हस्तिहरूलाई चिन्ने अवशर पाँए।ती मध्ये एक थिए स्व कवि लोकेन्द्र शाह पनि।उनको एक्सिडेन्ट्मा निधन भएको थियो ।उनका मृत्यु शिर्षकका दमदार कविताहरू छन् नेपाली साहित्य भित्र ।प्रशान्त !उफ्! राम्रा र प्रतिभाशालीहरूलाई किन गाँज्छ चाँडै मृत्यु ?एक अनुत्तरित प्रश्न तिमीलाई यो मध्यान्हमा तिम्रै किनाराबाट।

न्यानो घाम यो हिँउदको चिसो बतासकासाथमा पर सम्म फैलँदै गएको निलो जल प्रशान्तमहासगरको यो किनारबाट सिधै दक्षीण किनारामा न्युजिल्यान्ड छोइरहेको हुनुपर्छ पानीले त्यसै भन्छन् रैथानेहरू गुगल नक्शा पनि त्यस्तै बोल्छ ।अाँखा देखि अाँखासम्म पानी ,पहाड उठाँउदै र थन्क्याँउदै गर्ने अनन्त निराकारको विन्दुमा हराइरहेका श्वैर कल्पनाहरू किनाराका असंख्य मानिसहरूका अनि अाकशमा कावा मारिरहेका अनेकन् पक्षीहरू, उडिरहेका हवाईजहाजहरू र गुडिरहेका स्टिमर ठुलाठला पानजीजहाजहरू एकनास समाहित भइरहेका छन् हृदयमा।खामिरहेछन् कतै अवचेतनमा सायद ती सफ्टवेयर बनेर बस्नेछन् मस्तिष्कको हार्ड डिस्कमा।मानिसको मस्तिष्कमा टाँसिएर बसेका राम्रा रनराम्रा कर्मका कल्पनाका र सपनाका ती सफ्टवेयरहरू नै मानिसका जीवनमा भोग बनेर प्रकटहुन्छन् राम्राले सुख दिन्छन् भने नकारात्मक विषाद बनिदिन्छ, सबै अाफैंले बनाएका सफ्टवेयरका परिणामहरू हुन्।त्यसैले साना नानीहरूका अघि भयका, कुण्ठाका र ईर्ष्याअनि द्वेषका तानाबानाहरू बुन्नु हुँदैन तर हामीकहाँ त पाठशालाहरूले नै दाँजिन सिकाँउछ अनि त्यही कुण्ठित मनसायले पछि गएर प्रकटित हुँदा नराम्रो परिणाम बेहर्नुपर्छ स्वयं व्यक्तिले, परिवारले, समाजले अन्तमा राष्ट्रले र समस्टिमा विश्वले।

प्रशान्तन!वर्तमानन विश्वजगतमा त तिमी जस्तै निर्मल, श्वार्थ भन्दा पर र संसारभन्दा माथि उठेको मानिस त कल्पनै गर्न सकिन्न होला सायद।महाभारतमा त्यस्ता ज्ञानी भिष्मलाई संङ्कल्पले बाँध्यो गुरु द्रोणाचार्यलाई इर्ष्याले कर्याप्प पार्यो अनि ठूलाठूला ऋषि मुुनीहरू पनि कामको तृष्णामा फसेका उदाहरणहरू छन् प्रशस्तै तसर्थ नबँधिन त सायद मुर्ति नै बन्न पर्छ होला वा त ढुङ्गा ,पानी, माटो, हावा नत्र मन भएकाहरू त कसरी उठ्न सक्छन् र?मनलाई अलग बस्तु भनेर अनुभुत गरेकाहरू जंगल पसिहाल्छन् अनि संसार चलानउनेहरू तिमी जस्तो कसरी बन्न सक्छन् र मान्छे त पसल खोल्छ, र वेपार गर्छ तसर्थ कल्पना कल्पनामै सिमित बन्छ , सपना बाहिर रमाउनै सक्दैन मान्छे, चल्नै सक्दैन मान्छे अनि एक श्रष्टा पनि उहीँ मान्छे नै त हो मात्र अरूलाई नोक्सान पुर्‍याउने चित्त नहुन सक्ला त्यो पनि कमै अझैपनि हामीहरू अाशा गर्छौं राजनिती गर्ने मान्छेको र टन्टलापुर घाममा, दर्के झरीमा अनि कठ्याङ्रिने ठिहीमा पनि हामी भोटहाल्न पुग्छौं , अब संसारको मजा नै यहि त हो भनेर रमाउनु नै पर्दो रहेछ हैन त प्रशान्त । वस्। क्रमश….

 

कवि उदय निरौला

हाल :सिड्नी अष्ट्रेलिया

सम्बन्धित शिर्षकहरु