विश्वभर कोरोना संक्रमितको संख्या करिब साढे २६ लाख, एक लाख ८४ हजार बढीका मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरसका संक्रमित संख्या साढे २६ लाख पुग्न लागेको छ भने यसका कारण १ लाख ८४ हजार बढीको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार बुधबारसम्म विश्वमा २६ लाख ३६ हजार ९ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोही दिनसम्म विश्वमा १ लाख ८४ हजार १ सय ८६ जनाको ज्यान कोरोना भाइरसले लिइसकेको छ।

कोरोना भाइरसका ७ लाख १७ हजार ५ सय २७ जना संक्रमित उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन्। अहिले विश्वभर १७ लाख ३५ हजार २ सय ७१ जना कोरोना संक्रमित उपचारत छन्। उपारतमध्ये ५६ हजार ६ सय ७४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १६ लाख ७८ हजार ५ सय ९७ जनाको अवस्था सामान्य रहेको छ।

नेपालमा हालसम्म ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितमध्ये ७ जनालाई उपचारपछि निको भइसकेको छ भने ३८ जना अहिले उपचारत छन्।

कोरोना भाइरस विश्वमा पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। त्यसयता हालसम्म यो भाइरस विश्वका २ सय १० देश तथा क्षेत्रमा फैलिएको छ। नेपालमा कोरोना भाइरसको पहिलो संक्रमित गत माघ ९ गते देखिएका थिए।

सुरुका दिनमा कोरोना भाइरसले चीनमा ठूलो प्रभाव पारेको भए पनि पछिल्ला दिन यसले अमेरिका र युरोपमा प्रभाव पारेको छ। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत, टर्की, इरान, चीन, रुस, ब्राजिल, बेल्जियम, क्यानडा, नेदरल्याण्ड्स, स्वीट्जरल्याण्ड, पोर्चुगल, भारत र पेरु रहेका छन्।

बुधबारसम्म अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ८ लाख ४८ हजार ७ सय ३५ पुगेको छ, जसमध्ये ४७ हजार ६ सय ६३ जनाको मृत्यु भइसकेको छ। स्पेनमा रहेका २ लाख ८ हजार ३ सय ८९ जना संक्रमितमध्ये २१ हजार ७ सय १७ जनाको मृत्यु भएको छ।

इटालीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ८७ हजार ३ सय २७ पुगेको छ। यीमध्ये २५ हजार ८५ जनाले ज्यान गुमाइसकेका छन्। फ्रान्समा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ७७ रहेको छ, जसमध्ये २१ हजार ३ सय ४० जनाको मृत्यु भएको छ।

बेलायतमा १ लाख ३३ हजार ४ सय ९५ जना कोरोना भाइरसका संक्रमित रहेकोमा १८ हजार १ सय जनाको मृत्यु भइसकेको छ। टर्कीमा ९८ हजार ७ सय ७४ जना कोरोना संक्रमित छन् भने २ हजार ३ सय ७६ जनाको मृत्यु भइसकेको छ।

इरानमा कोरोना संक्रमितको संख्या ८५ हजार ९ सय ९६ पुगेको छ। यीमध्ये ५ हजार ३ सय ९१ जनाको मृत्यु भएको छ। चीनमा कोरोना संक्रमित ८२ हजार ७ सय ९८ जना रहेका छन्, जसमध्ये ४ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ।

रुसमा ५७ हजार ९ सय ९९ जना संक्रमित रहेकोमा ५ सय १३ जनाको मृत्यु भएको छ। ब्राजिलमा कोरोना संक्रमितको संख्या ४५ हजार ७ सय ५७ पुगेको छ भने २ हजार ९ सय ६ जनाको मृत्यु भइसकेको छ। बेल्जियममा ४१ हजार ८ सय ८९ जनामा कोरोनाको संक्रमण देखिएको छ । यीमध्ये ६ हजार २ सय ६२ जनाको मृत्यु भएको छ।

कोरोना कारण हालसम्म क्यानडामा १ हजाल ९ सय ७४, नेदरल्याण्ड्समा ४ हजार ५४, स्वीट्जरल्याण्डमा १ हजार ५ सय ९, पोर्चुगलमा ७ सय ८५ र भारतमा ६ सय ८१ जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित शिर्षकहरु