दीप प्रज्ज्वलनका लागि हार्दिक अनुरोध – जरोकिलो प्रतिष्ठान नेपाल

२६ चैत्र २०७६, वुधबार

राजन भारद्वाज

ऐतिहासिक कालमा नेपालबाट प्रारम्भ भई हाल विश्वकै साझे सम्पदाका रुपमा रहेको विक्रम संवत्को नयाँ वर्ष २०७७ सालको पहिलो दिन अर्थात् २०७७ बैशाख १ गते साँझ ६.०० बजे दीप प्रज्ज्वलन सहित नयाँ वर्षको शुभकामना, महाव्याधि लगायतका समस्याहरुबाट मुक्तिको लागि प्रार्थना र वैश्विक ऐक्यबद्धतामा सहभागी हुनुहुन हार्दिक अनुरोध छ ।

 

दीप प्रज्ज्वलनका साथसाथै घण्ट, शंख, डमरु, डम्फू, ढ्यांग्रो, झ्याली / झुर्मा वा अन्य कुनै परम्परागत बाजा पनि बजाउनुहुन पनि हार्दिक अनुरोध छ   साथै, आफ्नो साधना पद्धतिअनुसार मन्त्र जप, भजन / कीर्तन, श्लोक पाठ वा अन्य परम्परागत मंगलमय क्रियाकलाप समेत गर्नुहुन पनि हार्दिक अनुरोध छ ।

 

 

दीप मन्त्र

ॐ  शुभं करोति कल्याणमारोग्यं धनसंपदा ।
शत्रुबुद्धिविनाशाय दीपज्योतिर्नमोऽस्तुते ॥

Meaning:
1: (Salutations to the Light of the Lamp) Which Brings Auspiciousness, Health and Prosperity,
2: Which Destroys Inimical Feelings; Salutations to the Light of the Lamp.

ॐ दीपज्योतिः परब्रह्म दीपज्योतिर्जनार्दनः ।
दीपो हरतु मे पापं दीपज्योतिर्नमोऽस्तुते ॥

Meaning:
1: (Salutations to the Light of the Lamp) The Light of the Lamp represents the Supreme Brahman, the Light of the Lamp represents Janardhana (Sri Vishnu),
2: Let the Light of the Lamp Remove My Sins; Salutations to the Light of the Lamp.

पुनश्चः २०७७ बैशाख १ गते साँझ ६.२३ बजेसम्म अमृत बेला भएको हुनाले सोही समयभित्रैमा माथि अनुरोध गरिएका क्रियाकलापहरु सम्पन्न गर्नु उत्तम हुने जानकारी गराउँछौँ ।

जरो किलो प्रतिष्ठान नेपालका उदेश्यहरु :-

सम्बन्धित शिर्षकहरु