गौतम बुद्ध विश्वकै ज्योति हुन् | Sir Edwin Arnold

गौतम बुद्ध विश्वकै ज्योति हुन् |

हामीले नजानेर गौतम बुद्धलाई लाइट अफ एशिया भनेर भन्ने गरेका छौँ | वास्तवमा  Sir Edwin Arnold ले लेखेको महाकाव्य पुस्तक The Light of Asia को इंग्ल्यान्डमा ६० औँ संस्करण र अमेरिकामा ८० औँ संस्करण पुन: मुद्रणः भएको छ भने अन्य धेरै भाषामा अनुवाद भएको छ | यो पुस्तकमा गौतम बुद्धलाई लाइट अफ एशिया भनेको पाइदैन | उनी पश्चीमी देशका भएको कारणले एसियाको बारेमा बुझाउन पुस्तकको नाम द लाइट अफ एसिया राखेको हुन् सक्छ | पुस्तकमा गौतम बुद्धलाई विश्वको ज्योति नै भनिएको छ | यो पुस्तक २१५ पृष्ठको छ भने पहिलोपटक १९७९ मा प्रकाशित भएको थियो | यो पुस्तकले पश्चीमाहरुलाई पूर्वीय ज्ञान को खोजी गर्न प्रेरित गरेको पाइन्छ | पुरै पुस्तक गौतम बुद्धको बारेमा लेखिएको छ | लेखाईको क्रममा केही गल्ती भएमा लेखकले क्षमा पनि मागेका छन् | पुस्तकको नाम लाइट अफ एसिया भए पनि गौतम बुद्धलाई विश्वको ज्योति भनिएको छ |

 

बुद्धको बारेमा लेखकले आफ्नो खोज, अनुसन्धान, बौद्ध भिक्षु, गुरुहरुलाई आधार मानेर लेखेका छन् | उनले उक्त पुस्तक भारत र भारतीयलाई माया गर्ने प्रति समर्पित गरेको उल्लेख गरेका छन् | पुस्तकको नाम द लाइट अफ आशिया र भित्र बुद्धको बारेमा भएको हुनाले मानिसहरुले गौतम बुद्धलाई लाइट अफ एशिया भनेको हुनुपर्छ | गौतम बुद्धको ज्ञानलाई एशिया बाहिर फैलाउन पुस्तकले ठुलो योगदान गरेको देखिन्छ |

 

सम्बन्धित शिर्षकहरु