कोरोना भाईरसलाई जित्न, खानैपर्ने खानेकुराहरू :- डा. हेमराज कोइराला

राजन भारद्वाज

१३ बैशाख २०७७ शनिबार

हाम्रो शरीर एउटा जीवन्त ईकाई हो । यसले आफूलाई जीवन्त कायम राख्ने क्रममा दैनिक अनेकौं जीव एवं सूक्ष्म–जीवहरूको आक्रमण सहन गर्नु पर्दछ । सूक्ष्मजीवहरूको आक्रमण सँग लड्नकालागि हाम्रो शरीरमा छुटै प्रणाली छ जसलाई हामी प्रतिरक्षा प्रणाली भन्दछौँ । प्रतिरक्षा प्रणालीले हाम्रो शरीरलाई ब्याक्टेरीया, भाईरस, ढूशी एवं परजीवीहरूबाट हुने आक्रमणबाट बचाउँदछ । शरीरमा सूक्ष्म जीवको आक्रमण हुदाँ प्रत्याक्रमण गर्नका लागि हाम्रो शरीरमा पनि सेता रक्तकोष नामक सूक्ष्म रक्तकोष छन् ।यी रक्तकोषहरूले किटाणुहरूलाई प्रत्यक्ष लडेर वा परोक्ष रूपमा किटाणुहरू मार्ने ईम्यूनोग्लोबुलिन नामक रसयनहरू बनाएर नष्टगर्ने गर्दछन । यसर्थ प्रतिरक्षा प्रणली भनेको हाम्रो त्यो प्रथमिक सूरक्षा कवच हो जसले सूक्ष्मजीवहरूको आक्रमणबाट हामीलाई सदैव रक्षा गर्दछ । अतः प्रतिरक्षा प्राणाली मजबुत भएमा हामीलाई बाह्य किटाणुहरूले आक्रमण गरेर रोगी बनाउन सक्दैन तर प्रतिरक्षा प्रणाली कमजोर भएमा किटाणुहरूको आक्रमणले हामी तरन्तर विरामी भई रहन्छौँ  र रोगका किटाणुले जितेको खण्डमा हाम्रो मृत्यु पनि हुनसक्छ ।


आज पुरै विश्व कोभिड–१९ को आक्रमणबाट आक्रान्त छ । हाल सम्म कुनै खास औषधि र खोप तैयार भईनसकेको यो रोगलाई विश्व मानव समुदायले के कसरी नियन्त्रणमा लिनेछ भन्ने पश्न बाँकी  नै छ तर जसको प्रतिरक्षा प्रणाली ससक्त छ उसलाई यो रोगले त्यत्ति बिध्न ग्रसित बनाउन सक्दैन र हत्तपत्त ज्यान गई हाल्दैन । यसको ठिक विपरित प्रतिरक्षा प्रणाली कमजोर भएका हरूलाई यो रोगले ज्यादा भन्दा ज्यादा ग्रस्तपार्ने एवं ज्यानै पनि जान सक्ने सम्भावना रहन्छ । यसर्थ प्रतिरक्षा प्रणालीलाई मजबुत पार्नुको विकल्प छैन । प्रतिरक्षा प्रणाली भोजन, ब्यायाम र विश्राम, विचार एवं व्यावहारको सन्तुलित एवं समुचित उपयोगले सवल बन्दछ । यस परिपेक्षमा आज म तपाईहरूलाई प्रतिरक्षा प्रणली सबल बनाउने खानेकुराका विषयमा बताउन गईरहेको छु ।


मजबुत प्रतिरक्षा प्रणालीका लागि खानैपर्ने खानेकुराहरूः-


१. मेवाः- मेवा भिटामिन सी र भिटामिन ए ले भरपुर फलपूmल हो । एउटा मध्यम आकारको मेवामा हाम्रो शरीरलाई दैनिक चाहिने भन्दा डेढ गुणा ज्यादा भिटामिन सी पाईन्छ। भिटाािनका अलावा मेवामा माछामासुमा विद्यमान कठिन प्रोटिनलाई पचाउन सक्ने प्यापिन नामक ईन्जाइम पनि पाईन्छ। यसका अलावा मेवामा पोटासियम, भिटामिन ए, भिटामिन बी कम्प्लेक्सेस र फोलिक अम्ल पनि पाईन्छ । यी सबै भिटामिन, खनिज, लवण एवं एण्टीअक्सीडेण्टले प्रतिरक्षा प्रणालीलाई सबल एवं मजबुत बनाउन मद्यत गर्दछ ।


२. दहीः- प्रतिरक्षा प्रणालीको बृद्घि एवं विकाशका लागि भिटामिन डी को महत्वपूर्ण भूमिका हुन्छ र दही भिटामिन डी को राम्रो श्रोत हो । अनुशंधानहरूले दर्शय अनुरूप भिटामिन डी कम हुनेहरूमा प्रतिरक्षा प्रणाली पनि कमजोर भएको पाईएको छ । भिटामिन डी का अतिरिक्त दहीमा ल्याक्टो–ब्यासिलस नामक राम्रा प्रोबायोटिक ब्याक्टेरियाहरू पाईन्छन्। यी ब्याक्टेरियाहरूले पेटका हानीकारक सूक्ष्मजीवहरू संग लडनुका अलावा प्रतिरक्षा तन्त्रका लागि आवश्यक अनेकौ जैव रसायनहरूको उत्सर्जन गर्ने गर्दछन् ।


३. ब्रोकलीः- ब्रोकली भिटामिन ए, बी, सी, ई एण्टिअक्सिडेण्ट, रेशा एवं चोकर र खनिज एवं लवणहरूले भरपूर तरकारी हो । ब्रोकाउलीमा प्रचूर मात्रामा (१०० ग्राममा ८९ मि.ग्रा.) भिटामिन सी पाईने हुदाँ यसले प्रतिरक्षा प्रणालीको विकाशमा महत्वपूर्ण भूमिका हुने  गर्दछ ।


४. बदामः- बदाम भिटामिन ई ले भरपुर द्रव्य हो । भिटामिन ई प्रतिरक्षा प्रणालीका लागि आवश्यक तत्व हो ।


५. पालुङ्गोः- पालुङ्गो हरेक भान्सको चाहना हो । प्रचूर मात्रामा भिटामिन ए, बी कम्प्लेक्सेस, सी, आईरन, म्याग्निसियम, पोटासियम जस्ता खनिज एवं लवण हरूले भरपूर पालुङ्गो एण्टिअक्सिडेण्टको राम्रो श्रोत पनि हो । यी द्रव्यहरुले  प्रतिरक्षा प्रणालीका कोषहरूलाई सक्रिय बनाउन मद्यत गर्दछ । ब्रोकाउली जस्तै पालुङ्गोमा भएका द्रव्यहरू पनि तापले नष्टहुने खालका भएकाले यसलाई पकाउदा कम तापमा पकाउनु पर्ने हुन्छ ।


६. स्याऊः- स्याउलाई फलहरूको राजा त्यसै भनेको होईन । स्याऊमा अनेकौ प्रकारका सूक्ष्म पोषक तत्वहरू छन् ।भिटामिन ए, बी, सी का अलावा स्यााऊमा घुलनशिल रेशा एवं एण्टिअक्सिडेण्टहरू पनि पाईन्छ। स्याऊमा पाईने पेक्टिन नामक घुलनशिल रेशाले पेटमा विद्यमान राम्रा व्याक्टेरियाहरुलाई  पोषण प्रदान गर्दछ जसले पेटमा हुने संक्रमण संग लड्ने एवं प्रतिरक्षा प्रणालीको कोषहरूको कार्य कुशलतामा मद्यत पुर्याउँदछ ।


७. फर्सीको बियाँः- फर्सी हाम्रो भान्साका लागि नौलो तरकारी हैन तर हामी मध्येले फर्सी खान जानेका छौ तर फर्सीको बियाँ खान जानेका छौनै । वास्तवमा फर्सी भन्दा फर्सीको बियाँ कयौ गुण पौष्टिक छ । फर्सीको बियाँमा प्रचूर मात्रामा प्रोटीन, खनिज, लवण, एण्टिअक्सिडेण्ट, ओमेगा ६ याट्टी अम्ल, भिटामिन ई जीङ्क, कपर, म्याग्निस एवं म्यागनेसियम पाईन्छ । यी तत्वहरूले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउदछ ।


८. जडिबुटी चियाः- तुलसी चिया, रोजमेरी चिया, अर्जुन चिया, विजयसालको चिया वा हरियो चियाको सेवनले प्रतिरक्षा प्रणालीलाई सवल बनाउदछ । जडिबुटी चियामा प्र्रशस्त मात्रामा फ्लेभेनोइडस पाईन्छ । फ्लेभेनोइडसले एण्टि–अक्सिडेण्टको काम गर्दछ । यसका अलावा जडिबुटी चियामा एपि–ग्यालो–क्याटाचिन–ग्यालेट (EGCG ) र L – Thionine नामक द्रव्य पाईन्छ । यी दुबै द्रब्यहरू प्रतिरक्षा प्रणालीलाई मजबुत गर्नका लागि आवश्यक तत्वहरू हुन ।


९. अमिला फलफूलः- कागती, अमला, मौषमी, जुनार, भोगटे, निबुवा, बिमीरो र सुन्तला जस्ता अमिला फलपूmलमा प्रचूर मात्रामा भिटामिन सी पाईन्छ । भिटामिन सी प्रतिरक्षा प्रणालीका कोषहरू उत्पादनका लागि आवश्यक यौगिक हो । रूघामर्की, सर्दी,चिसोको एलर्जी, झाडापखाला, न्यूमोनिया, औलो ज्वरो जस्ता रोगहरूलाई चाडो टिक गर्न पनि भिटामीन सी ले महत्वपूर्ण भूमिका खेल्दछ ।


१०. रातो भेडे खोर्सानीः- हामी सबैले अमिला फलफूललाई  भिटामिन सी को राम्रो श्रोतको रूपमा बुझेका छौँ तर अमिला फलफूल  भन्दा रातो भेडेखोर्सानीमा भिटामिन सी को मात्रा दोब्बर हुन्छ भन्ने तथ्य धेरैलाई थाह नहुन सक्छ । भिटामिन सी का अतिरिक्त रातो भेडेखोर्सानी बीटा क्यारोटीन, क्यालसियम, म्याग्नेसियम, भिटामीन बी कम्प्लेक्सेसको पनि राम्रो श्रोत हो । यी द्रव्यहरूले प्र्रतिरक्षा प्रणालीलाई मजबुत गर्न मद्यत गर्दछ ।


११. अदुुवाः-  घाँटी दुख्दा, जोर्नी दुख्दा, घाउ खटिरा आउदा, प्रदाह एवं शोथ ग्रस्त हुदाँ अदुवाको प्रयोग शदिऔ देखि हुदै आएको हो । अदुवामा जिन्जीरोल नामक यौगिक पाईन्छ । जिन्जीरोलले दीर्घकालिन पिडा कमगर्नुका साथै प्रदाह एवं शोथलाई पनि कमगर्न मद्यत गर्दछ । अनुशंधानहरूले दर्शाय अनुरूप अदुवाले अति सक्रिय प्रतिरक्षा प्रणालीलाई कमगर्न र निष्क्रिय प्रतिरक्षा प्रणालीलाई सक्रिय गर्ने काम गर्दछ ।


१२. लसूनः- लसुनको औषधिय एवं रोग प्रतिरोधक गुणलाई महसुुस गरेरनै हाम्रा पिता पुर्खाहरूले लसुनलाई औषधि एवं मसलाको रूपमा युगौ देखि प्रयोग गर्दै आएका हुन् । यस वनस्पतिलाई रोग प्रतिरोधक औषधिका रूपमा सबैले स्वीकारी सकेका छन् ।रूघा मर्की लाग्दा, चिसोले सताउदा, पाचन क्षमतामा गडबडी हुदाँ लसूनको प्रयोग गर्ने गरेको पाईन्छ । यसरी औषधिय गुुुण हुनुमा लसुनमा विद्यमान क्याल्सियम, पोटासियम, एण्टि–अक्सिडेण्ट र सल्फर कम्पाउण्डहरू पाईन्छन । यी सल्फर कम्पाउण्डहरूले सूक्ष्मजीवहरूको आक्रमणलाई निस्तेज गर्न महत्वपूर्ण भूमिका खेल्दछ तर यी कम्पाउण्डहरू तापको प्रयोगले नष्टहुनेखालका भएकाले काचो लसूनको प्रयोग पकाएको भन्दा उत्तम हो । यसका अवावा लसूनले उच्चरक्तचाप कमगर्न, कालेस्टेरोल सन्तुलित राख्न एवं परजीवीहरू नष्टगर्न मद्धत गर्दछ ।

लेखक भरतपुर महानगरपालिका –१ वागीश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्रकृतिक चिकित्सालयका मेडिकल डाईरेक्टर हुन ।

सम्बन्धित शिर्षकहरु