अष्ट्रेलिया आगलागी : प्रहरीले चलायाे २४ जना बिरुद्ध मुद्धा

अष्ट्रेलिया । जंगली र घर पालुवा गरी झण्डै ५० करोड जनवार र २४ मानवको मृत्यु हुने गरी लागेको अष्ट्रेलिया आगलागीमा संलग्न आरोपमा प्रहरीले २४ जना बिरुद्ध मुद्धा चलाएको छ ।

प्रहरीले उनीहरुलाई जानी-जानी आगो लगाएको आरोपमा मुद्धा चलाएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

यसअघिपनि प्रहरीले केहिलाई नियन्त्रणमा लिइ अनुसन्धान गरेर छोडेको थियो । अहिले मुद्धा चलाइएका उनीहरुमाथि कारवाही हुने प्रहरीले जनाएको समाचार एजेन्सीहरुमा उल्लेख गरिएको छ ।

अष्ट्रेलियामा अत्याधिक तापक्रम बढेका बेला मुद्धा लागेका ती व्यक्तिहरुले चुरोट खाएर ननिभाइ जथावाभी फाल्ने गरेको र सलाइका काँटी फाल्ने गरेको प्रहरीले पुष्टि गरेको छ ।

अहिलेपनि अष्ट्रेलियामा लागेको आगो नियन्त्राणमा आउन सकेको छैन् । तर केहि दिन अघि सो क्षेत्रमा हल्का बर्ष भएपछि केहि राहत भने मिलेको छ ।

सम्बन्धित शिर्षकहरु