आतंकवादी हमलामा कास्मिरमा एक गोर्खाली सैनिक मारिए

काठमाडौं । भारतको केन्द्र शासित जम्मु कास्मिरको भएको आतंकवादी हमलामा एक जना गोर्खाली सैनिकको ज्यान गएको छ । कास्मिरको नौशेरामा मंगलबार राति भएको आतंकवादी हमलामा भारतीय सेनामा कार्यरत नेपाली नागरिक अर्जुन थापामगर मारिएका हुन् ।

भारतीय सेनामा राइफलम्यान रहेका २५ वर्षीय थापाको उपचारका क्रममा निधन भएको जनाइएको छ । भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दद्वारा बुधबार जारी विज्ञप्ति अनुसार मगर गोरखाको रिप गाउँका हुन् । घटनामा भारतीय सेनामा कार्यरत महाराष्ट्रका नायक सवान्त सन्दीप रघुनाथको पनि निधन भएको छ ।

सम्बन्धित शिर्षकहरु