
गजल
लुटिएछु ,लुटिंदैछु, लुटिनुको मजा बेग्लै ।
तिम्लाई खुसी मिल्छ भने, रित्तिनुको मजा बेग्लै ।
मित्र भन्छौ ,ढुङ्गा हान्छौ , सहिदिन्छु हाँसीहाँसी ।
त्यै ढुङ्गाको मूतिं कुँदे, सिर्जनुको मजा बेग्लै ।
हरिणको चाल जस्तै, राम्रो मान्छे खोज्दै हिड्छौ ।
कस्तूरीलाई आँफै भित्र, खोजिनुको, मजा बेग्लै।
मित्रले त भुली देलान, याद राख्ने वैरी हुन्छन्।
कांडाबीच फुल बनी , फुलिनुको मजा बेग्लै।
लुटिएछु, लुटिंदैछु, लुटिनुको मजाबेग्लै ।
तिम्लाई खुशी मिल्छ भने रित्तिनुको मजा बेग्लै।।~भीमसेन सापकोटा (आचार्य राजन शर्मा )






