मुक्त्तक
परोपकार गर्दा-गर्दै ढल्न पाइयोस् ।
सन्तुष्ट हुंदै चितामा जल्न पाइयोस् ।
जरुरी पर्यो भने चिहान बाटै पनि
संजीवनि बुटि बनेर फल्न पाइयोस्।
~आचार्य राज्न शर्मा !(भीमसेन सापकोटा )
चिन्ताले चितामा पुर्यांउंछ । तर चिन्तालाई यस्तो सकारात्मक चिन्तनले जित्न सकिन्छ ।
शब्दहरूनै त हुन् मान्छेको मनलाई उठाउंने र गिराउंने । यी मुल्यावन शब्दहरू श्रवण गरौं र चिन्ता मुक्त बनौं ।







