काठमाडौं । विगतमा देशले एक दशक लामो गृहयुद्ध भोग्नु पर्यो युद्धका नाममा धेरैजनाले धनजनको क्षति वेहोर्नुपर्यो। जन अान्दोलन र अामूल परिवर्तनका नाममा धेरै हिंसा र विरुद्द प्रतिहंसारुपी प्रतिसोधहरु दोहोरिए। सहर अस्तव्यस्त र आफन्तहरू विराना थिए।विहानै घरवाट निस्केको सन्तान साँझ फर्किँदा सम्म सग्लै फर्किन्छ भन्ने कुनै ठेगान थिएन।हरेक दिन हत्या हिंसा र मृत्युका समाचारले राष्ट्रिय देखि स्थानीय पत्र पत्रिकाहरुका प्रथम पृष्टहरु रंगिन्थे।
त्यही द्वन्द्धमय नेपाली समाजको व्यथालाई मूल विषय बनाई लेखन तथा निर्देशन गरेर नाटककार राज शाहले नाटक निर्माण गरेका छन् जनयुद्ध जारी छ ? युद्ध सकिएको दशकौँ पछि पनि तत् समय र परिवेशलाई घटनाको वारेमा जानकारी गराउन रंङ्गकर्मी राजशाहले नाटक मार्फत प्रयास गरेका छन्।राज शाहले क्रान्तिमा होमिएका योद्धाहरूले देखेका सुनौला सपना घाम बनेर उदाउने अवसर पाए या रातकै गर्भमा हराए या त अझै त्यो सपनाको लागि योद्धाहरू लालायित छन् र जनयुद्ध रोकियो वा सकियो भनि शीर्शक मै प्रश्नवाचक तेर्स्याएर दर्शकलाई सोच्न बाध्य बनाएका छन् । लेखन, निर्देशन तथा अभिनयको त्रिकोणात्मक जिम्मा लिएका शाहको प्रतिभाको प्रशंसा गर्नैपर्ने हुन्छ।
सामाजिक क्रान्तिको यथार्थ धरातलमा उभिएको यो नाटक युद्धकालीन समयको यौटा अँध्यारो प्रतिबिम्ब हो यस नाटकको आख्यान तत्व गहकिलो हुँनुका साथै प्रत्येक पात्रको अभिनय पनि उत्तिकै सवल,जीवन्त र यथार्थपरक देखिन्छ।







