काठमाडौं । गुण्डा नाइके तथा नेपाली कांग्रेसका ‘नेता’ गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामालाई सोमवार पुर्पक्षका लागि जेल पठाएको हो ।
लामा माथि भएको थुनछेकको बहसपछि हातहतियार तथा खरखजाना मुद्दा लागेको छ । उनलाई डिल्लीबजार कारागार पठाइएको छ ।
गत फागुन ३० गते लामा काठमाडौंको गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेपछि पुगेको प्रहरी टोलीले लामालाई पेस्तोलसहित पक्राउ गरेको थियो । उनको साथबाट पेस्तोल र ६ राउण्ड गोली बरामद भएको थियो ।








