धनगढी उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् ।

गठबन्धनका उम्मेदवार रहेका नेपाली कांग्रेसका नृपबहादुर वडलाई हराउँदै मेयरमा विजयी भएका हुन् ।

हमाल १२ हजारभन्दा बढी मतान्तरका साथ मेयरमा विजयी भए । अघिल्लो निर्वाचनमा उनी वडसँग २ हजार ७९७ मतले पराजित भएका थिए । ०७४ को निर्वाचनमा हमालले ११ हजार ५२७ मत प्राप्त गरेका थिए ।

यसपालि उपमहानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना निर्वाचित भएकी छन् ।

उनी गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी शान्ति अधिकारीलाई पराजित गर्दै उपमेयरमा निर्वाचित भएकी हुन् ।

सम्बन्धित शिर्षकहरु