१ लाख वा सो भन्दा कम रकम जम्मा गर्दा अब परिचयपत्र नचाहिने

भदौ ५, काठमाडौं । नेपाल राष्ट्र बैंकले यसअघि खातावालाबाहेक अन्य व्यक्ति नगद जम्मा गर्न जाँदा परिचय खुल्ने कागजात पेस गर्नुपर्ने नियम राखेको थियो । सो नियमबाट सेवाग्राहीले कष्ट सहनु परेको गुनासो अाएसँगै कुनै पनि बैंक तथा वित्तिय संस्थामा १ लाख वा सो भन्दा कम रकम जम्मा गर्दा परिचयपत्र नचाहिने नियम बनेको हो ।

सानोतिनो कारोबारमा समेत अनावश्यक दुःख र झन्झट व्यहोर्नुपरेको भन्दै चौतर्फी आलोचना भएपछि राष्ट्र बैंकले यसअघिको निर्देशन पुनः संशोधन गर्दै अबदेखि एक लाख रुपैयाँभन्दा बढी नगद जम्मा गर्ने (खातावाला बाहेक) सँग मात्र पहिचान खुल्ने कागजात (परिचयपत्र) लिए पुग्ने व्यवस्था गरेको हो ।

सम्बन्धित शिर्षकहरु