बालाजु चोकमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजु चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति १२ बजे बा ७९ प ७८११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक नुवाकोट, बेलकोट नगरपालिका–३ घर भएका अन्दाजी २१ बर्षीय सुनिल पुडासैनीको उपचारको क्रममा शिक्षण अस्पताल महराजगंजमा मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडि सवार कलंकी बस्ने नुवाकोट बेलकोटगढी–५ का नवराज मुडभरी घाइते भएका छन् । उनको पिपुल्स मेडिकल कलेज नयाँबजारमा उपचार भइरहेको छ ।

सम्बन्धित शिर्षकहरु