डा.सन्दुक रुइतलाई प्रसिद्ध पुरस्कार ‘पद्मश्री अवार्ड’ प्रदान

काठमाडौं । भारतले नेपालका नेत्र रोग विशेषज्ञ डा. सन्द्रक रुइतलाई प्रसिद्ध पुरस्कार ‘पद्मश्री अवार्ड’ प्रदान गरेको छ। आँखाको दुर्लभ शल्यक्रियाद्वारा २ हजार ५०० बिरामीलाई आँखाको ज्योति फर्काउन सफल
रुइतलाई भारतीय राष्ट्रपति रामनाथ कोबिन्दद्वारा सोमबार उनलाई पद्मश्री अवार्ड प्रदान गरिएको हो ।

सस्तो मूल्यमा मोतीविन्दूको शल्यक्रिया गरी एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेको भन्दै भारत सरकारले डा.रुइतलाई सम्मान गरेको भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ। डा. रुइतको प्रविधिले मोतीविन्दूको शल्यक्रिया शुल्क ९० प्रतिशतसम्म कम भएको भन्दै भारतले विश्वका ३० भन्दा बढी देशमा उक्त प्रविधि प्रयोग भइरहेको दाबी गरेको छ।

सम्बन्धित शिर्षकहरु