वैद्य माओवादी कार्यकर्ताको प्रशिक्षण भेला सुरु

मंसिर १४ । सचिव नेत्रविक्रम चन्द विप्लव अलग्गिएर नयाँ पार्टी गठन गरेपछि नेकपा–माओवादीले आज कार्यकर्तालाई प्रशिक्षण दिइराखेको छ ।

ललितपुरको कुपन्डोलस्थित नेवाः राज्य समितिको कार्यालयमा आइतबार बिहान साढे ११ बजे नेकपा माओवादीले प्रशिक्षण कार्यक्रम गरेको हो ।

नेवाः राज्य समितिसहितका सदस्यहरुलाई पार्टी अध्यक्ष मोहन वैद्य तथा शीर्ष नेतासँगै नेवाः समितिका पदाधिकारीहरुले प्रशिक्षण दिने बताइएको छ ।
पार्टी विभाजित भएको अवस्थामा खेल्नु पर्ने भूमिका तथा समसामयिक विषयमा प्रशिक्षण दिइने बताइएको छ ।

पार्टीका सबै बैठक बहिस्कार गर्दै अन्ततः पार्टीबाट अलग्गिएको पत्र पठाएका सचिव विप्लवले शनिबार नयाँ पार्टी ‘नेकपा (माओवादी) गठन गरेको घोषणा गरेका थिए । उनले आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गरेका हुन् ।

सम्बन्धित शिर्षकहरु