भदौं १६,रसुवा । गएरातिदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग दिउँसोबाट खुलेको छ ।
सहायक प्रजिअ हिरादेवी पौडेलका अनुसार डोजरको सहायताले सडकको पहिरो पन्छाइ आज दिउँसोबाट यातायात सञ्चालन गरिएको हो ।
सडक खुला भएपछि रोकिएका ६० भन्दाबढी सवारीसाधन आफ्ना गन्तव्यतर्फ गइसकेका र नेपाल–चीनको व्यापारिक राजमार्ग एवं पर्यटकीय क्षेत्रसमेत रहेका कारण यातायात नियमित सञ्चालन गराउन स्थानीय प्रशासन अहोरात्र तल्लीन रहेको सहायक प्रजिअ पौडेलले बताए ।








