काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।
पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार तेस्रो दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।
यसअघि (शुक्रबार) वैशाख १० मा भारतमा दोस्रो धेरै ३ लाख ३२ हजार ५०३ जनामा संक्रमण पुष्टि भएको थियो ।








