जेठ २५ । काठमाडौँ, वरिष्ठ सङ्गीतकार अम्बर गुरुङलाई सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाली गीत–सङ्गीतको क्षेत्रमा वरिष्ठ सङ्गीतकार अम्बर गुरुङले पु¥याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारको निर्णयअनुसार उनको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने छ ।”
मन्त्रालयले उनको निधनले अपूरणीय क्षति पुगेको जनाउँदै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।


![u|fG8L cGt/f{li6«o c:ktfndf jl/i7 ;ªuLtsf/ :j cDa/ u'?ª k|fy{s zl//df >¢f~hnL lbb}{ kl/jf/sf ;b:o tyf ;ªuLtk|]dL . tl:a/ M /f]zg ;fksf]6f,/f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/06/1465281526686_RoS_KTM_160607_IMG_8645-300x250.jpg)






