काठमाडौं । एईसीसी ग्लोबलले यस वर्षको अष्ट्रेलियन एडमिसन्स डे जनवरी १६,१८ र १९ मा आयोजना गर्ने भएको छ । काठमाडौंको होटल याक एण्ड यति, चितवनको भरतपुर गार्डेन रिसोर्ट र पोखराको होटल पोखरा ग्रान्डमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कार्यक्रम हुनेछ ।
काठमाडौंमा हुने कार्यक्रममा ३४ वटा कोर्स प्रदायक र पोखरा तथा चितवनमा हुने कार्यक्रममा १४ वटा कोर्स प्रदायकको सहभागिता रहने आयोजकले जनाएको छ ।
नेपालकै सर्वाधिक ठूलो एजुकेशन फेयरका रुपमा दाबी गरिएको यो कार्यक्रममा यो वर्ष काठमाडौंमा एक हजार तथा चितवन र पोखरामा ३ सय ५० भन्दा बढी विद्यार्थीको सहभागिता रहने आयोजकको अनुमान छ । कार्यक्रम उद्घाटन नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले गर्ने कार्यक्रम छ ।









