सकारात्मक जीवन , राष्ट्र , राष्ट्रियता र स्वाभिमान जागरणका लागि सिड्नीमा एक भव्य उत्प्रेरणात्मक कार्यक्रम हुने भएको छ । जहाँ नेपालका पूर्व मन्त्री परिषदका अध्यक्ष तथा प्रधानन्यायधिश खिलराज रेग्मि , विश्व शान्ति परिषदका शान्ति दुत तथा उत्प्रेरक वक्त्ता आचार्य राजन शर्मा (भीमसेन सापकोटा ), प्रख्यात संचारकर्मि तथा प्रखर वक्ता प्रेम बानीया,नागरिक समुहका प्रमुख तथा प्रेरक वक्ता निगम हुंमागांईं लगायतका वक्ताहरूको जोडदार प्रस्तुती रहने छ ।
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS)को मुख्य आयोजना र असनेपालन्युजको प्रस्तुतिमा ४ फेब्रुअरि २०१८ आईतबार ३ बजे देखि हर्ट्स्भिल स्थित सिभिक थिएटरमा आयोजना हुने आयोजक संस्थाले जनाएको छ। कार्यक्रमको सह आयोजकमा नागरिक समाज, नेपाल , भिएफएम लगायतका संस्थाहरू रहेका छन्। कार्यक्रममा राजदुतावास , महावाणिज्य दुतावास ,गैर आवसीय नेपाली संघ अस्ट्रेलिया र विभिन्न संघ संस्थाको सहभागिता रहने जनाइएको छ । नेपाली समुदायले नेपाल सहयोग का लागि के-के गर्न सक्छन् !न्यायाधिश देखि प्रधानमन्त्री सम्मको यात्रामा नेपालका के के रहस्यहरू भेटिए ?एक स्वाभिमानि पत्रकार किन विदेश लाग्नु पर्यो ? नेपाललाई नयां युगको सम्पन्न राष्ट्र बनाउंन अब विदेशका नेपालीले के गर्न सक्छन् ? एक सुखी, तनाव रहित र सकारात्मक नागरिक बनेर देशलाई कसरी सघाउंन सकिन्छ ? लगायतका बिषयमा प्रेरक अभिव्यक्ति र वहस हुने जनाईएको छ ।
कार्यक्रममा अस्ट्रेलियाली अन्तर्राष्ट्रिय विध्यार्थी संगठनका केन्द्रीय अध्यक्ष विजय सापकोटा लगायतको प्रस्तुती रहने छ । सञ्चार कर्मि तथा स्वाभिमान अभियानका अभियान्ता प्रेम बानीयाले असनेपालन्युजलाई प्रतिकृया दिंदै भने।” यो कार्यक्रम राष्ट्रियता र स्वाभिमान जगाउनको निम्ती एक कोशेढुङगा बन्ने विश्वास लिएको छु । “
राजनीतिक दल ,गुट र उपगुट भन्दा पनि स्वच्छन्द राष्ट्र निर्माण र जीवन उत्थानको कार्यक्रम भएकाले यो अष्ट्रेलियाकै एक ऐतिहासिक कार्यक्रम हुने समुदायका अगुवा राम्जी विस्टले असनेपालन्युजलाई बताए।
यस महाउत्प्रेरणा कार्यक्रममा सहभागीहरूले विभिन्न समयमा दिनु भएका प्रेरक प्रस्तुतीहरू यस्ता छन:
नेपालका पूर्व मन्त्री परिषदका अध्यक्ष तथा प्रधानन्याधिश खिल राज रेग्मि
विश्व शान्ति परिषदका शान्ति दुत ,नेपाल फिजी सान्स्कृतिक राजदुत तथा उत्प्रेरक वक्त्ता आचार्य राजन शर्मा
(भीमसेन सापकोटा ),
प्रख्यात संचारकर्मि तथा प्रखर वक्ता प्रेम बानीया
नागरिक समुहका प्रमुख तथा प्रेरक वक्ता निगम हुंमागांईं
सो कार्यक्रमको निम्ती थप जानकारी छिटै सार्बजनिक गरिने आयोजकले बताएका छन्। छ।









