संजिव अर्याल – असनेपाल न्युज, सिड्नी ।” अस्ट्रेलियामा नेपालीपन बचाउंनु छ र नेपालमा अस्ट्रेलियाको प्रविधि र बिकास तन्काउंनु छ ‘-अस्ट्रेलिया आइपुगेका नेपाली अभिभावकहरू विच यसरी प्रवचन गरिंरहंदा बजेको तालीको गड्गडाहटले शनिवार रकडेल नजिकको बाइसेन्टियल पार्क पुग्ने सबै अस्ट्रेलियाली को ध्यान खिच्यो । यो पृथ्वीमा बस्ने समय हरेक दिन घट्दैछ तसर्थ जहाँं बसौं सकारात्मक सोच लिएर बसौं जति दिन बाचौं देशको पहिचान विस्तार र मानव भलाइमा जीवन विताउं -अभिभावक संघको आयोजनामा गरिएको एक विशाल जमघट विश्व शान्ति परिषदका , शान्ति दुत तथा सकारात्मक सोचका अभियन्ता आचार्य राजन शर्माका यी शब्दहरू सँगै उर्जाशिल बन्यो गत शनिवार । सबै उत्सुक र प्रफुल्ल थिए गुंड छोडेर उडेका सन्तानको साथ सहितको यो भेला सबैको लागि नेपाल विर्साउंने क्षण बन्यो ।
अभिभावकहरू स्वयंले आयोजना गरेको सो आत्मियता को आदान प्रदान कार्यक्रमको ‘भिजन फर मोटिभेसन (भिएफम) ले’ सम्पूर्ण व्यवस्थापकीय भार उठाएको थियो । सो अवसरमा अन्तर्रास्ट्रिय विद्द्यार्थी संघका अध्यक्ष विजय सापकोटाले नेपाललाई नयाँं युगको सम्म्पन्न राष्ट्र बनाउंन आफु आफ्नो अध्ययन सकेर नेपाल फर्किने तयारीमा रहेको र देश बनाउंन आफुहरूले चालेको सकारात्मक अभियानमा सबैको साथ रहन्छ भन्ने अपेक्षा रहेको बताए । अध्यक्ष सापकोटाले अवको आउंदो पुस्तालाई सुन्दर नेपाल हस्तान्तरण गर्न अव देश विदेशका युवाहरू सकृय बन्नु पर्ने बताए । यस्तै गैर आवसिय नेपाली संघ (एन आर एन ) का तर्फ बाट देव गुरुङ्गले आफुहरू अभिभावक हरूको प्रेरणाले उहांहरू प्रतिको दायित्व पुरा गर्नमा थप उत्साहित रहेको बताए । यस्तै सो अवसरमा आयोजक अभिभावक संघका तर्फ बाट हर्क कार्किले भि एफएम लाई सम्पूर्ण व्यवस्थापन गरेकोमा धन्यवाद दिंदै संस्थाले अभिभावकहरूको हितका लागि विविध कार्यक्रम ल्याएको जानकारी दिए ।
भिएफएमका तर्फ बाट ब्यवस्थापन तथा स्वयंसेवकको ब्यवस्थापन संयोजक आशिष भण्डारीले आफुहरू विध्यार्थी अवस्थामै भएपनि समुदायको हित रचानात्मक कार्यमा हरेक पटक लागि पर्ने बताए। रकडेल बे साइड वार्डका काउन्सलर एन्ड्र्यु सोनिसले नेपाली समुदाय ग्रिक समुदायको समन्वयमा एक बहुसामुदायिक कार्यक्रम गर्ने र नेपाली समुदायलाई सकेको सहयोग गर्ने जानकारी दिए । भिएफएम का सस्न्थापक अध्यक्ष म्याक्स बाबु (महेश प्रसाईं )ले ब्यवस्थापन टोलीलाई सघाउंनुका साथै अभिभावकहरूलाई देश फर्के पछि उहांहरूले गर्नु पर्ने दायित्वका वारेमा हौसला प्रदान गरेका थिए ।
करीव २ सयको सन्ख्यामा विभिन्न क्षेत्रका अभिभावकहरूको संलग्नता रहेको सो कार्यक्रमलाई रेड क्याप्सिकम ,रकडेल ग्रोसरी , शुभकामना रेस्टुरेन्ट ,इन्द्रेणी फङ्शन सेन्टर , एभेरेस्ट बुचरी ,एन्जी एलेकट्रोनिक ,तथा समाज सेवितिर्थ राज कार्किले विभिन्न सहयोग उपलब्ध गराएका थिए ।यस्ता कार्यक्रमले हामी सबै विद्यार्थी लाई घरको न्यास्रो मेटाएको र अाफ्ना आमा बुवालाई अस्ट्रेलियामा यहाँंको परिश्तिथि चिनाउंन सघाएको भिएफएमका स्वयंसेवकहरूले असनेपालन्युजलाई बताए ।









