दियालो साहित्य सरगमको घोषणा सभा

काठमाण्डौ । साहित्य,कला र संगीतको विकास र प्रवर्धनमा विशेष जोड दिने उद्देश्यका साथ स्थापना भएको “दियालो साहित्य सरगम” को अौपचारिक घोषणा तथा विशेष रचना वाचन कार्यक्रम आज राजधानी स्थित लेखनकुञ्जमा अति भव्य र सभ्य कार्यक्रमका बीच सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष शान्ति शर्माको सभापतित्त्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा कवि तुलसी दिवस रहेका थिए  भने ज्ञानुवाकर पौडेल, डा. राम प्रसाद ज्ञवाली, प्रा.डा. भिम खतिवडा, डा. देवि नेपाल, डा. रेणु थापा सोलु, रमेश पौडेल, यज्ञराज उपाध्याय, विजयध्वज थापा, मञ्जुश्री प्रधान, सुनिल अधिकारी, पोष्टराज चापागाईं, बविन खान, इम्जिहाज बफाम, रामबहादुर पहाडी, पुष्कर लोहोनी, कृष्ण कोइराला, डा. श्वेता दिप्ती, विप्लव ढकाल, मदन पौडेल लगायतका विभिन्न महानुभावहरु अतिथिको रुपमा थिए।

सुरेश सुवेदीद्वारा सञ्चालित सो कार्यक्रममा प्रकाश वस्नेत गफडीले स्वागत मन्तव्य दिनु भएको थियो भने संस्थाको पष्ठभूमि एवं भावी योजना र उद्देश्यमाथि शिवराम खड्काले प्रकाश पारेका थिए । त्यसै गरी अतिथिहरुलाई खादा ओढाएर सम्मान गर्ने काम अदिति ज्ञवाली अर्यालले गरेेकी थिइन।

नारायण निराशी, आश्मा उपाध्याय, प्रदिप वेरङ्गी, लालकाजी श्रेष्ठ, रामबहादुर पहाडी, बविन खाँन, इम्तिहाज बफा लगायतका दर्जनौ कविहरुको रचना वाचन रहेको सो कार्यक्रममा संस्थाको तर्फवाट प्रकाश सुवेदीले पनि आफ्नो रचना वाचन गर्नुभएको थियो भने प्राज्ञ तथा सर्जकरगायक यज्ञराज उपाध्यायले आफ्नो राइझूमा झूमा मस्की क्या छ्यौ …. वोलको गीत गाएर कार्यक्रमको रौनकता वढेको थियो।

कार्यक्रमका प्रमुख अतिथि तुलसी दिवसले साहित्य, कला र सङ्गीतले गतिशील देश भूगोलमा स्थिर देशभन्दा धेरै समृद्ध हुन्छ । अबको साहित्य जीवनका लागि हुनुपर्छ । दियालोले सृजनाको क्षेत्रमा उज्यालो ल्याओस् भन्दै संस्थालाई शुभकामना दिएका थिए भने डा. देवि नेपाल र डा. रामप्रसाद ज्ञवालीले ञदियालोझशहरदेखि गाउँसम्म सल्किएर साहित्यिक उज्यालो छर्न सक्ने माध्यम वनोस् भन्ने आसयको शुभकामना मन्तव्यका साथै आआफ्ना रचना वाचन समेत गरे ।
यसरीनै डा. भिम खतिवडाले बत्ती मारेर जन्मोत्सव मनाउने महानगरमा आज गर्मी भएको छ । यो गर्मी ऊर्जाको होस्, सृजनाको होस्, चेतनाको होस् । गाउँबस्तीबाट शुभकामना बोकेर आएको छु । हुन त गाउँ हराए अब, नगर बनायो सरकारले , तर निगुरामा जङ्गलमै युरिया हालेपछि अब अर्गानिक नै के रह्यो र१ धरहरा ढल्यो तर आस्थाको धरहरा सधै अग्लिरहोस् दियालोका माध्यमले । सगरमाथाका काखमा जन्मेका मान्छेले सृजनाको अभियानमा नेतृत्व गरेपछि धरहराभन्दा अग्लो र समृद्ध बन्ने विश्वाश रहेको कुरा वताए।

सम्बन्धित शिर्षकहरु