इराकमा आत्मघाती आक्रमण, सातको मृत्यु, १२ घाइते

भदौ १८, एजेन्सी । इराकको बग्दादस्थित एक उर्जा केन्द्रमा आत्मघाती आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन । ।इराकी सुरक्षाबलको पोशाकमा आएका आत्मघाती आक्रमणकारीहरुले ऊर्जा केन्द्रमा आक्रमण गरेका हुन् ।

सैनिक पोशाक र ग्रिनेडसहितको सशस्त्र हतियारधारी तीन जनाले गरेको आक्रमणमा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ घाइते भएको इराकी अधिकारीहरुले जनाएका छन् ।राजधानी बग्दादबाट करिब एक किलोमिटरमा उत्तरमा रहेको समार्रा क्षेत्रमा रहेको ऊर्जा केन्द्रमा सैनिक पोशाकमा आएका आक्रमणकारीले सजिलै प्रवेश गरेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

आक्रमणमा परी अन्य १२ घाइते भएको प्रहरीले जनाएको छ । आत्मघाती आक्रमणकारीले गोलीसमेत प्रहार गरेको बताइएको छ ।आक्रमणबाट कैयौं ट्यांकर र ट्रकमा क्षति पुगेको बताइएको छ ।

सम्बन्धित शिर्षकहरु