काठमाडौं । इराकको राजधानी बगदाद नजिक भएको ट्रक बम बिस्फोटमा ७७ जनाको मृत्यु भएको र अन्य ४० जना घाइते भएको बीबीसीले जनाएको छ । समाचारअनुसार मारिनेमा इरान तथा अफगानिस्तानका शिया तीर्थयात्री हुन् । बिस्फोट बगदादबाट १०० किलोमिटर दक्षिणको हिला सहरको एक पेट्रोल स्टेशन र रेस्टुरेन्ट नजिक भएको हो ।
कर्बला सहरको धार्मिक समारोहमा भाग लिएर बसमा आएका तिर्थयात्री त्यहाँ रोकिएका थिए । आतंककारी समुह इस्लामिक स्टेटले सो आक्रमणको जिम्मेवारी लिएको बताइएको छ ।








