प्रधानमन्त्रीले रोके दाहाललाई अस्ट्रेलिया आउन

अस्ट्रेलिया, अन्तिम समयमा नेकपमा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको अस्ट्रेलिया भ्रमण स्थगित भएको छ । एक साता भ्रमणका लागि दाहाल बुधबार अस्ट्रेलिया आउने कार्यक्रम थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको Pushpa-Kamal-Dahalविशेष आग्रहमा उनले अन्तिम समयमा भ्रमण रद्द गरेको बुझिएको छ यद्यपि उसको सचिवालयले भने देशको वर्तमान राजनीतिक सन्दर्भ र पार्टी कामको चापलाई विचार गरी अध्यक्ष दाहालले हालको लागि अस्ट्रेलिया भ्रमण स्थगित गरेको बताएको छ ।
दाहालले आफ्नो अफिसियल साइटमा पनि सोही कारण उल्लेख गरेका छन् ।

 

 

अपडेट
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटवार्तापछि दाहालको भ्रमण स्थगित भएको थियो ।

भ्रमणको सम्पूर्ण तयारी पूरा भएपछि अन्तिम समयमा अचानक भ्रमण स्थगित भएको थियो ।
त्यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले नेपाली कांग्रेसका सभापति देउवा र प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए ।

देउवालाई भेट्न दाहाल बुढानिलकण्ठ पुगेका थिए । दाहालसँगको भेटवार्ता सामान्य भएको बताउँदै देउवाका स्वकीय सचिव भानु देउवाले दुई शीर्ष नेताहरुबीच करिब १५ मिनेट मात्रै कुराकानी भएको बताए ।

उनले दाहाल अष्ट्रेलिया जानुअघि भेटवार्ताका लागि आएको बताए । दाहालले विहानै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीले अहिले अष्ट्रेलिया भ्रमण स्थगित गर्न आग्रह गरेका थिए । “प्रधानमन्त्रीज्युले पनि अहिले भ्रमण स्थगित गर्न आग्रह गर्नुभयो,” अध्यक्ष दाहालका छोरा प्रकाश दाहालले भने, “नेपालको राजनीतिक अवस्था तरल छ । जतिबेला जे पनि निर्णय लिनुपर्ने हुन्छ । त्यसैले अध्यक्षज्युको भ्रमण स्थगित भएको हो ।”

दाहालको बुधबारदेखि साताव्यापी अष्ट्रेलिया भ्रमण तय भएको थियो ।

सम्बन्धित शिर्षकहरु