महत्वाकाङ्क्षा ले भरिएको तर मन मुटुमा प्रेम नभएको मानिस मृत हो ।” –पर्ल बेली
-भीमसेन सापकोटा,
उड्नुको पनि त सीमा हुन्छ । पखेटा छ भन्दैमा चराहरू धर्ती बाट चांद सम्म छलाङ्ग मार्दैन्। पौडिने कला छ भन्दैमा माछा हरू एक उत्तरी गोलार्द्दबाट दक्षीणी गोलार्द्द सम्म दुरी नाप्दैनन्। सीमा त्यहि जसले प्रकृति र पुरुष विचको नियम लाई कायम राख्छ । जब सीमा पार हुन्छ तव अन्त्य को शुरुवात हुन्छ । जन्म र मृत्यु जीवनका सिमाना हुन्। यहि सिमानामा नै जीवन अस्तित्व मा रहेको छ । यस्तै आनन्द पनि दु:ख र सुखका सीमाना विचको राजामार्ग हो। एउटा धरा को सिमाना काट्ना साथ अर्को फरक अस्तित्वको धुलमा पुग्नै पर्छ । सुखको धरा सकिना साथ दु:खको धुल र दु:खको धुल पार गर्ना साथ सुखको धरा अगाडि तेर्सिन्छ । उतार वा चढाव को विचमा जो तैरिरन्छ त्यो ब्यक्ति वाअवस्था नै परमअानन्द को अवस्था हो ।
वास्तविक सुखको वारेमा संसारका कुनै साहित्यमा नलेखिएको एउटा शब्द , श्रीमद्दभागवत गीतामा भनिएको छ“वितराग “! जो राग भन्दा पर र वैराग्य भन्दा वर छ । यहि वितराग प्राप्ति नै दु:ख को मुक्ति भएको अध्यात्मका प्रणेताहरूको भनाइ रहंदै आएको छ । ‘सत्य मेव जायते ‘। सत्य साश्वत छ तर पालना गर्न कठिन र उपदेश दिन सहज छ ।तर सत्यको बाटोमा एक्लै भएर केही हुंदैन , सत्यको बाटोमा संधै भीड कम हुन्छ । ढिलो चांडो सत्य खुल्छ भनेर, तन जस्तो देखिन्छ मन त्यस्तै बनाएर हिंड्नेहरू नै सुखका अधिकारी हुन्छन्।एउटा पौराणिक सन्दर्भ छ :
‘ चोर चोरी गर्नको लागि झ्याल चढेर घर भित्र घुस्न लागेको हुन्छ । झ्यालको काठ भाँच्चिएर भूईमा थचारिन्छ । चोरको खुट्टा भाँचिन्छ र उ दोस्रो दिन सिधै अदालतमा घर मालिकलाई मुद्दा हाल्न जान्छ ।
अदालतले घर मालिकलाई तुरुन्तै बोलाउँछ र चोरको क्षतिपूर्तिको लागि आदेश दिन्छ । उल्टो चोरले मुद्दा हालेर फसेको घर मालिक कुनै उपाय न सुझेपछि यो व्यर्थको जिम्मेवारीबाट बच्न झ्याल बनाउने सिकर्मीमाथि दोष थोपर्छ । सिकर्मीलाई बोलाईन्छ, उ पनि आफुले चौकोस खापा सबै राम्रो बनाएको तर डकर्मीले जोडाइ गर्ने बेलामा गाह्रोनराम्रो लाएकोले झ्याल कमजोर भएको दलिल दिएर बच्छ ।
कथामा फेरि डकर्मीलाई पनि बोलाइन्छ । आफ्नो दोष स्वभावगत रूपमा अरूमा थोपर्ने क्रममा डकर्मीले पनि आफूले गाह्रो लगाउन लाग्दा बाटोमा एउटी सुन्दर स्त्री देखेको र त्यसैलाई हेर्दा ध्यान भङ्ग भएर गाह्रो बाङ्गीएको बखान दिन्छ । तुरुन्तै सो स्त्री लाई अदालतमा हाजिर गराइन्छ । चतुर स्त्रीले आफू सुन्दर नभएको तर त्यसदिन एउटा रङ्गीन ओढने ओढेर हिँडेकोले डकर्मीको ध्यान अकर्षण भएको हुनसक्ने बताएर अन्तिम दोष कपडा रङ्गाउने मा पुर्याउँछिन् ।
अन्धेर नगरीको राजमा अन्तमा सो कपडा रङ्गाउने को खोजी गरिन्छ बोलाइन्छ । कथाको अन्तमा गजब मोड आउँछ। त्यो कपडा रंगाउने अरू कोही नभएर चोर स्वयं नै हुन्छ ।सत्य पालना गर्दा शुरुमै दु:ख हुन्छ भने असत्य पालना गर्दा चोरले झैं पछि त दु:ख पाउनै छ ।
गुणबत्ता भनेको आबरण भन्दा पृथक कुरा हो । फेस बुकका भिताहरूमा देखिने सजावट र सुन्दरता , भोज भेलामा भेटिने ब्यक्तिहरूको रवाफ ले केही टल्किने, सुकिलो पन देखाए पनि त्यो ब्यक्ति वा परिस्थितीको असली रूप भने होइन । जुन कु
रा भित्र छैन र होइन त्यो कुरा देखाउंदा नै ब्यक्ति तनावमा अांउछ । आत्मा असत्य देखाउन र देखिन चाहंदैन र मन को अहंकार वाह्य परिस्थिती सँग झुक्न चाहंदैन , अवास्तविक कुरा प्रदर्शन गरेर पनि उ आफ्नो अभिमान उचो राख्न चाहन्छ । यहि स्वभालाई सम्यक जीवन , ध्यान, योग ,सत्सङ्ग ले ब्यवस्थित गर्न सकिन्छ । जब आफु तनावमा परिन्छ तव यी सकारात्मक भावहरूलाई मनमा राख्ने प्रयास , संकल्प गर्नुहोस् “म जे छु स्वीकर गर्छु “।
मनोविज्ञानका अनुसार सकारात्मक सोचबाट चिन्ता हटाउने उपायहरू :
- म जस्तो छु त्यसैलाई मैले स्वीकार गर्छु ।
- म राम्रो मानिस हु र राम्रो हुन र राम्रोलाई बढाउन चाहन्छु ।
- मेरो जीवनमा जे भइरहेको छ, मैले यसलाई स्वीकार गर्छु र मैले यससँग नलड्ने निर्णय गरेको छु ।
- मलाई थाहा छ कि यदि मैले यससँग लड्नुको सट्टामा स्वीकार गरे भने, मेरो नकारात्मक भावनाहरू बढ्न सक्दैनन् । त्यसैले मैले स्वीकार गर्छु किनभने स्वीकृतिले मेरो प्रगति छिटो गर्छ ।
- स्वीकृतिमा शान्ति र मधुरता हुन्छ । म प्रवाहित भइरहेको छु । मलाई थाहा भएको धेरै राम्रो दिशातर्फ गइरहेको छु । लड्नु, युद्ध गर्नु, र सङ्घर्ष गर्नु ले त झन् चिन्तालाई बढाउने र छताछुल्ल पार्ने काम गर्छ ।
त्यसैले, अहिले नै मैले स्वीकार गर्छु किनभने स्वीकृति, साँचो स्वीकृतिले चिन्तालाई खुम्चाउने काम गर्छ । म स्वाभाविकरूपमा अगाडि बढिरहेको छु । मेरो ध्यान भनेको वर्तमान हो । मेरो ध्यान भनेको राम्रो र सकारात्मक कुराहरूमा हो जुन मैले अहिले गरिरहेको छु ।
मेरो मस्तिष्क मैले अनुमति दिएको कुनै पनि दिशातर्फ जान सक्छ । यो धन्दातर्फ जान सक्छ अथवा यो शान्तितर्फ जान सक्छ । मैले होसपूर्वक शान्तितर्फ जान छनोट गर्छु । सक्रिय स्वीकृतिले नै शान्तितर्फ जान सहयोग गर्छ ।
जब मैले म आफैलाई स्वीकार गर्छु तब सम्पूर्ण कुराहरू राम्रो हुन सुरु गर्छ ।
- · म जो हु जस्तो छु, त्यसैलाई नै स्वीकार गर्छु ।
- · म जो हु जस्तो छु, त्यसैलाई नै स्वीकार गर्छु किनभने स्वीकृती नै निको पार्ने सुनौलो बाटो हो ।
- · म आज जुन अवस्थामा छु, त्यसैलाई नै स्वीकार गर्छु ।
- · म मानवीय प्राणी हु र मेरो जीवनमा मैले परिवर्तन गर्न चाहेको भागहरू छन् ।
- · मेरो जीवनमा समस्या तथा कठिन पार्ने भागहरू पनि छन् ।
- · आज म जो हु जस्तो छु, त्यसैलाई नै स्वीकार गर्छु । मैले आफैलाई स्वीकार गर्दै निको पार्ने ढोका खोल्दै छु ।
- · त्यसैले, म आराम गर्छु, गहिरो श्वास लिन्छु र शान्तपूर्वक आराम गर्छु ।
- मैले मेरो सम्पूर्ण गल्तीहरूलाई स्विकार गर्छु किनभने म मानिस हु । हरेक मानिसहरूले गल्ती गर्छन् । मानिस भइ गल्ती गर्नु मा कुनै ठूलो कुरा हुँदैन ।
- मैले आफैलाई, मेरो समस्यालाई र सम्पूर्ण कुराहरूलाई लाई स्वीकार गर्छु किनभने जति बढि मैले स्वीकार गर्छु त्यति नै म बलियो हुन्छु ।
- स्वीकृती नै शक्तिशाली प्रक्रिया हो । जब म आफैलाई स्वीकार गर्छु तब मैले परिवर्तनको लागी बाधको ढोका खोलेको हुने छु ।
- जब मैले मसँग भएका सम्पूर्ण असहजताहरू लाई जान दिन्छु र आफैलाई स्वीकार गर्छु, तब रूपान्तरण हुन र एउटा निको पार्ने शक्ति मेरो जीवनमा पछ्याउन थाल्छ ।
- जब मैले म जहाँ छु, म जो हु र जस्तो छु, त्यसैलाई नै स्वीकार गर्छु तब अरू कुराहरू पनि स्वाभाविकरूपले यस ठाउँमा राम्रो, शक्तिशाली र सकारात्मक हुन थाल्छ ।
नत्र काग कोईलि जसरी छुटिन्छ । सन्स्कृत श्लोक मा भनिएको छ :
काक: कृष्णो पिक: कृष्णो को भेदो पिककाकयो :।
वसंतकाले संप्राप्ते काक: काक: पिक: पिक ।।
काग कालो हुन्छ, त्यस्तै गरि कोइली पनि कालो नै हुन्छ । तब काग र कोइलीको भिन्नता के हो त ? । जव वसंत ऋतु आउँछ (र कोइलीले गाउन थाल्छ) तब काग र कोइलीको भिन्नता प्रष्ट हुन्छ । बाहिरि आवरण र समान रप-रंगले कसैलाइ समान बनाउँदैन्। गुणबत्ता भनेको आबरण भन्दा पृथक कुरा हो ।आधि सत्य र असत्यलाई चुन्नु पर्यो भने या त पूर्ण सत्य लाई नै खोज्नु या असत्य लाई खोज्नु किन कि आधा सत्य झन् खरनाक हुन्छ । आजको समाजमा देखाईने तडक भडक पनि आधा सत्य हुन्न , जसले देख्ने र देखाउने सबैलाई दु:ख र तनव तर्फ लैजान्छ ।
सर्पदुर्जनयोर्मध्ये वरं सर्पो न दुर्जन: ।
सर्पो दशती कालेन दुर्जनस्तु पदे पदे ।।
सर्प र दुर्जनको बीचमा चयन गर्नु पर्यो भने सर्पलाई नै छान्नु बेस हुन्छ । किनकी सर्पले कहिलेकाहीँ मात्रै डस्छ तर दुर्जनले भने पाइला पाइलामा दुःख दिन्छ ।
तन तब मुक्त हुन्छ जब मन मुक्त हुन्छ र मन तब मुक्त हुन्छ जब मुक्ती मुक्त हुन्छ। मुक्त तब प्रश्न बन्छ , जब मन देखिन्छ र जब मन देखिन्छ तब तन अस्तित्व राख्द्छ। अस्तित्व त्यहि हो जो आफु भित्र थ्यो , छ र हुनेछ तर त्यसलाई देख्न सक्नु पर्छ । सुतेर देखिने सपना –सपना होईन , बरू सपना त्यो हो जो देखिए पछि सुत्न दिंदैन । -bhimsensap@hotmail.com







