एजेन्सी,मलेसियाका प्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचार मुद्धामा सफाई दिइएको छ । रजाकविरुद्ध आर्थिक अनियमितता गरेको अभियोग थियो ।
प्रधानमन्त्रीको बैंक खातामा जम्मा भएको ६८ करोड १० लाख डलरको स्रोत नखुलेको भन्दै विपक्षीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए । प्रधानमन्त्रीमाथिको सो अभियोगले उनलाई राजीनामा गर्न दबाब परेको थियो । उनले राजीनामा नदिइृ मुलुकलाई नै बन्धक बनाएको भन्दै चौतर्फी आलोचना भएको थियो ।
मलेसियाको महान्यायाधिवक्ताको कार्यालयले सो रकम साउदी अरबको शाही परिवारले व्यक्तिगत रुपमा सहयोग गरेको बताएका छन् । आलोचकहरुले भने प्रधानमन्त्रीले राज्यस्रोतको दुरुपयोग गरेको दाबी गर्दै आएका छन् । महान्यायाधीवक्ता मोहम्मद अपान्डी अलीले प्रधानमन्त्री निर्दोष भएको पुष्टी भ्रष्टाचारविरुद्धका एजेन्सीहरुले पनि गरिसकेको बताएका छन् ।








