,महेश्वर शर्मा ,असनेपालन्युज,सिड्नी , अष्ट्रेलिया ।
पछिल्लो समयमा नेपाली चलचित्रहरु प्रवाशबाट प्रदर्शनमा ल्याउन चलचित्रकर्मिहरू उत्साहित भएको देखिन्छ।
यसै क्रममा आगामि फेब्रुअरी 6 मा सिड्नी अष्ट्रेलियाको ईभेन्ट सिनेमा बरउड बाट प्रदर्शनमामा आउने भएको छ । चलचित्र “भाग् सानी भाग्” एक अत्यन्तैआकर्षक र फरक चलचित्र बनेको कुरा चलचित्रका प्रस्तुतकर्ता बिष्णु चापागाँईले असनेपालन्युज लाई बताए। उनका अनुसार यो चलचित्रले हाँस्यव्यङ्ग सँग सँगै सामाजिक सन्देश दिने र नारी प्रदान रहेको बताए।यस चलचित्रमा केकी अधिकारीलाई प्रमुख भुमिकामा देख्न सकिन्छ । चलचित्रमा निर शाह,सविन श्रेष्ठ लगायतको अभिनय रहेको छ।चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन।साथै यो चलचित्रलाई दर्शकहरुले अत्यन्तै मन पराउनेमा विश्वस्त रहेको चापागाँईले जनाए।उनले नेपाली चलचित्रलाई माया गर्ने सबै नेपालीलाई यो चलचित्र हेरिदिन असनेपालन्युज मार्फत आग्रह गरेका छन।
नेपाली चलचित्र “भाग् सानी भाग्” लगायत अन्य केही चलचित्रहरूको धमाधम अस्ट्रेलियामा बजारइकरण बड्दो छ ।
यो चलचित्रको गित यस्तो छ ।








