सिड्नी, अष्ट्रेलियामा रहेर नेपाली गीत संगितको साधना गरिरहेका व्यक्ति हुन् कीरण भण्डारी । बि.सं. २०५५ साल देखि गीत संगितमा आवद्ध उनी कुशल तवलाबादक पनि हुन् । नेपाली समूदायको कार्यक्रममा नछुट्ने उनले पछिल्लो समय मुटुको मिटर बोलको सुमधुर गीत निकालेका छन् । सर्मिला बर्देवा र उनको आफ्नै आवाजमा सजिएको उक्त गीतले धमाका मच्चाइ रहेको छ । अपलोड भएको दुई दिनमै युट्यूवमा उक्त गीतको भिडियो सात हजार बढीले हेरिसकेका छन् ।
अष्ट्रेलियामा रहेर कला र गला दुवैलाई माझ्दै गीत संगितको साधनमा रमाइरहेका भण्डारीले नेपालमा पनि केही गीतहरु आफ्नो आवाजमा सजाइसकेका थिए। प्रवासमा पुगेपछि नेपाली कला र सिर्जनाबाट टाढिनेहरूको भीडमा उनी हराएका छैनन् । बरु उनको सिर्जना झनै मौलाएको छ । उनले आफ्नो घरमा नै स्टुडियो स्थापना गरेका छन् र नेपाली संगितलाई डायस्पोरामा थप मलजल गर्ने काम गरेका छन् । फुर्सदमा उनी गितार बजाउन पनि उत्तिकै सौखिन् छन् ।
उनको कलालाई अष्ट्रेलियाका नेपाली समूदायले विछट्टै मन पराएका छन् । यसले संगितको बाटोमा गतिमान हुन उनलाई थप अभिप्रेरित समेत गरेको छ । मुटुको मिटर नेपाली पाश्र्व गायनमा बेग्लै टाप छोड्न सफल गायिका बर्देवाको आवाजमा सजाउन पाउँदा उनी फुरूङ्ग देखिएका छन् । र गीतले अष्ट्रेलियामा मात्र नभएर नेपालमा समेत तरंग पैदा गर्न सफल भएको छ ।
हेरौँ भिडियोः








