अष्ट्रेलियामा पहिलो पटक ध्यान र योगमय तिज

असनेपालन्युज सिड्नी ।हेमन्त श्रेष्ठ ,अष्ट्रेलियामा पहिलो पटक ध्यान र योगमय तिज !
अष्ट्रेलियाको पहिलो र सबै भन्दा ठूलो क्षेत्रफल ओगटेको नेपाली तिर्थस्थान ” पशुपति बौद्ध तपोधाम ” लिन्डहर्ष्ट्मा
पहिलो पटक नेपाली चेलिबेटीले ध्यान ,ज्ञान र योगमय तिज मनाएका छन!
आदि योगेश्वर महादेव परम चैतन्य र प्रकृतिमाता पार्वतिको योगमय मिलन भएको पावन दिन तिजलाई यसको वास्तविक अर्थ अनुसारनै मनाउंनु पर्छ भन्दै नारिहररुले यस्तो बोधमय तिज मनाएका हुन् !
आत्मरुपान्तरण र चैतन्य जागृतिको यो पावन दिवसलाई केवल औपचारिक कर्मकाण्ड , मनोरञ्जन र तडक भडक भन्दा पनि आत्मरन्जन , स्व-बोध साधना गरेर 6 शहरबाट यहाँ पुगेका नारिहरुले यस्तो दिव्य तिज मनाएका हुन् !
लिण्डहर्श्ट , बाथष्र्ट, काउरा ,ओरेन्ज ,डब्बो , सिड्नीबाट साधनामय तिजमा सहभागी बनेका नारिहरु मध्येका 108
नारिहरुले सामुहिक रुपमा ब्रम्ह साधना र रेकि दिक्ष्या
प्राप्त गरेका थिए ! योगि आचार्य Acharya Rajan Sharma ज्युको प्रत्यक्ष मार्गनिर्देशन मा दिक्षित नारिहरुले उपवासका बखत गरिने कृयायोग ,खेचरी , सांम्भवी , कुण्डलिनी जागरण साधनाको अभ्यास गरेका थिए !
“नेपाललाई गुरु देश घोषणा गराउंने” र “एक घर एक योगि बनाउंने” विश्व महा अभियानको एक दिव्य मन्च “विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज ” द्वारा संचालित यस तपोधाम क्षेत्रफलको आधारमा अष्ट्रेलिया भरकै सबैभन्दा ठुलो मन्दिर हो!
हाल 1800 योग सेवक र 172 राष्ट्रमा समन्वय समिती रहेको यस सन्स्थाले अष्ट्रेलियामा मात्र गतवर्ष 170 जनाको मधुमेह लगायतका रोगको पुर्ण उप्चार , हजारौंलाई योग शिक्षण , आयुर्वेद उपचार , मानसिक तनावको व्यवस्थापन शिविर सन्चालन गर्दै आएको छ!
यस अभियान अन्तर्गत ऋषि -पन्चमिको सन्ध्यामा अनलाइन मार्फत विश्वभर बाट हजारौंको विच “सप्तचक्र बोध ध्यान” समेत यस तपोधाम बाट सन्चाल्न गरिएको अष्ट्रेलिया संयोजक माधव पौडेल असनेपाल न्युजलाई बताउंनु हुन्छ।
विश्व शान्ति अभियानले तिजको नंया परिभाषा दिएको बताउंदै GSPSS ब्रम्हमुहुर्त ध्यान गुरुकुल अमेरिका संयोजक ब्रम्हमुहुर्त ध्यान प्रशिक्षक गङ्गाआचार्य भन्नुहुन्छ “जो सङ यस्तो दिव्य तिजमा सरिक हुने पात्रता थियोे उहाहरु जुट्नुभयो र यो क्रम जारी छ!” Pashupati Baudha Dham & Bishow Shanti Ashram

 

सम्बन्धित शिर्षकहरु